Techie IT
शनिबार, जेठ २७,२०८०

सरकारले तोक्यो कोभिड–१९ को फोकल पर्सन


काठमाडौँ, ११ भदौ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को फोकल पर्सनका लागि महेन्द्र श्रेष्ठलाई तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरिय निर्णय गर्दै मन्त्रालयका १२ औँ तहका कर्मचारी श्रेष्ठलाई कोभिड–१९ को फोकल पर्सनका रुपमा तोकेका हुन् ।

यसअघि श्रेष्ठले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा मन्त्रालयका तर्फबाट नेतृत्व गरेका थिए । उनले स्वास्थ्य सेवा विभागको महानिर्देशक र मन्त्रालयको प्रवक्ताको समेत भूमिका निर्वाह गरिसकेका छन् । –रासस


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोभिड–१९ को फोकल पर्सन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
30°
Partly Cloudy
5:07 am6:58 pm +0545