Techie IT
शुक्रबार, असोज ९,२०७७

महाराजगन्ज वृत्तका डिएसपी सहित २३ प्रहरीमा कोरोना


काठमाडौँ । महानगरीय प्रहरी वृत्तका  डिएसपी सहित २३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गत साउन ३१ गते मनमैजुमा भएको हत्याका मुख्य अभियुक्तलाई कोरोनाको संक्रमण देखिएको थियो । उनै अभियुक्तबाट कोरोना फैलिएको अनुमान गरिएको छ ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले दिएको जानकारी अनुसार बुधबार आएको रिपोर्टमा उनीहरुमा कोरोनाको संक्रमण देखिएको हो । उनीहरुमध्ये १ जनामा देखिएको संक्रमण निको भएको छ ।

 

हाल संक्रमितहरु आइसोलेसनमा राखिएको छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #महाराजगन्ज वृत्त


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!