Techie IT
शुक्रबार, कात्तिक ५,२०७८

उपत्यकामा थपिए २१६ जना कोरोना संक्रमित , थप ९ जनाको मृत्यु


नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकासहित देशभर ६३४ जना कोरोना संक्रमित थपिएका छन । योसंगै संक्रमितको संख्या देशभर ३१ हजार ११७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा उपत्यकामा २१६ जनासहित पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण भएको हो ।

पछिल्लो २४ घण्टामा ९ जनाको ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै मृतकको संख्या १४६ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #corona update


तपाईको कमेन्ट लेख्नुहोस्