Techie IT
बिहीबार, कात्तिक ४,२०७८

कोरोना संक्रमीतलाई आइसोलेसन बनाउन होटल खोज्दै तारकेश्वर नगरपालिका


काठमाडौं। पछिल्लो समय तारकेश्वर नगरपालिकाभित्र कोरोना संक्रमीतको संख्या  बढे पछि तारकेश्वर नगरपालिका भित्र कोरोना भाइरस संक्रमित बिरामी बढ्न थालेसँगै नगर कार्यपालिकाले सम्भावित संक्रमण फैलनबाट रोक्न आइसोलेसन बनाउने तयारी गरेको छ ।

आइसोलेसन बनाउने भनेर अघिल्लो साता नै तयारी गरेपनि नगरपालिकाले सकेको थिएन । यसअघि नगरपालिकाले वडा नं १ स्थित साङ्लाको प्राथमिक स्वास्थ्य केन्द्रको भवनलाई आइसोलेसन बनाउने भनिएको थियो । त्यो सँगै हाल आएर नगरपालिकाले आठमाइलमा रहेका होटलहरुलाई आइसोलेसन बनाउने तयारी गरेको हो ।

संक्रमितको संख्या बढेसँगै तिनलाई व्यवस्थापन गर्न तत्कालका लागि होटलहरुमा पनि कुरा भइरहेको नगरपालिकाको मेयर रामेश्वर बोहोराले बताउनुभयो । साङ्लास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आइसोलेसन बनाउन अनुगमन गर्न लागिएको बोहोराले बताए ।

‘स्वास्थ्य केन्द्र र होटलहरु दुवैमा पूर्व अनुगमन गरेर अध्ययन गर्दैछौं एक–दुई दिनमा टुंगो लाग्छ ।’ उनले भने । कतिवटा आइसोलेसन बनाउने भन्ने बारेमा छलफल भैरहेको बोहोराको भनाइ छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका, #रामेश्वर बोहोरा


तपाईको कमेन्ट लेख्नुहोस्