Techie IT
बुधबार, असोज ७,२०७७

तारकेश्वरमा ५० जनामा कोरोना पृष्टि, ६ जना कोरोना जितेर घर फर्किए


तारकेश्वर नगरपालिकामा कोरोना संक्रमित संख्या ५० पुगेको छ । जसमा ६ जना निको भएर  घर फर्किका छन् । पछिल्लो समय तारकेश्वर वडा नं. २ ले पनि खाता खोलेको छ । जसमा आज काभ्रेस्थलीमा १ जनालाई कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै तारकेश्वरमा सबैभन्दा धेरै वडा नं. १० मा १९ जनालाई कोरोना पुष्टि भएको छ । १० जना महिला र ९ जना पुरुषमा कोरोना संक्रमण भएको छ । तारकेश्वर १० को १ नं. ब्लकको शिवनगरभित्र सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको छ ।

त्यस्तै तारकेश्वर वडा नं. ९ मा ५ जनालाई कोरोना संक्रमण देखिएको छ । वडा नं. ४ मा २ जना र वडा नं. ५ मा ११ जनालाई कोरोना पोजेटिभ देखिएपनि ५ जना निको भएर घर फिर्ता भएका छन् । वडा नं. ७ मा २ जनालाई कोरोना पोजेटिभ भेटिएको छ । त्यस्तै वडा नं. ११ मा ४ जना रहेको छ । जसमा १ जना निको भएर घर फिर्ता भएका छन् । कोरोना संक्रमितहरुलाई अस्पताल र केहीलाई घरको आइसोलेसनमा राखिएको छ ।

तारकेश्वर वडा नं. ८ मा ६ जनामा कोरोना संक्रमण भेटिएको छ । वडा नं. ८ को कोरोना संक्रमित बेसीनगर टोलमा सिल गरिएको वडा अध्यक्ष मनोजकुमार घिमिरेले बताउनुभयो । उहाँकाअनुसार बेसीनगर टोल घनावस्ती भएकाले कारोना संक्रमण समुदायमा बढ्ने सम्भावनाले सिल गरिएको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा ५० जनामा कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!