तारकेश्वर नगरपालिकामा अहिलेसम्म ३६ जनाको कोरोना पोजेटिभ ,साङ्गला स्वास्थ चौकीलाई आइसोलेसन बनाउने

काठमाडौं । तारकेश्वर नगरपालिकामा अहिलेसम्म ३६ जनाको कोरोना पोजेटिभ देखिएको छ ।
तारकेश्वर नगरपालिकाले अहिलेसम्म कोरोना संक्रमित व्यक्तिका नजिकका मान्छेहरु र जनप्रतिनिधि–कर्मचारीहरुको पिसिआर परिक्षण गरेको छ । कोरोना संक्रमितहरुलाई धेरैजसोलाई होम आइसोलेसनमा राखिएको छ भने गम्भिर अवस्था भएकाहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।
जसमा तारकेश्वर वडा नं. ४ मा २ जना, वडा नं. ५ मा ८ जना, वडा नं. ७ मा १ जना, वडा नं. ८ मा ३ जना, वडा नं. ९ मा ३ जना, वडा नं. १० मा १० जना र वडा नं. ११ मा ४ जना रहेका छन् । त्यस्तै आज मात्र तारकेश्वर वडा नं. ७ र ८ को बीचमा १ जनाको कोराना पोजेटिभ देखिएको छ । कोरोना रोकथामका लागि तारकेश्वर नगर प्रमुख रामेश्वर बोहोरा क्रियाशिल भएर लागेको बुझिएको छ ।
त्यस्तै वडा नं. ९ को ३ जना कोरोना संक्रमितले टोखाबाट कोरोना परिक्षण गरेका थिए । त्यस्तै अरु केही अस्पतालमा रहेकाहरुले पनि बाहिरबाट नै कोरोना परिक्षण गरेका थिए ।
तारकेश्वर नगरपालिकाले अहिलेसम्म ३१६ जनाको पिसिआर परिक्षण गरेको छ । जसमा जेठ ८ गते १० जना, साउन २५ गते ११ जना, २६ गते ११८ जना, २७ गते १३५ जना, २८ गते १९ गते, २९ गते ७ जना र ३२ गते १६ जनालाई सम्पन्न भएको छ ।
तारकेश्वर ७ र ८ को सिमानामा बस्ने ३५ वर्षे पुरुषले टिचिङ अस्पतालमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि निजलाई अहिले टिचिङ अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
त्यस्तै वडा नं. ९ को ३ जना कोरोना संक्रमितले टोखाबाट कोरोना परिक्षण गरेका थिए । त्यस्तै अरु केही अस्पतालमा रहेकाहरुले पनि बाहिरबाट नै कोरोना परिक्षण गरेका थिए ।
यसै बिच कारोना संक्रमितलाई राख्न साङ्गलामा अवस्थित प्राथमिक स्वास्थ चौकीलाई आइसोलेसन बनाउने अन्तिम तयारी भएको मेयर रामेश्बर बोहराले बताए ।
तारकेश्वर पत्रकार मंचको पदाधिकारीहरु संग भेटघाट कार्यक्रमको अवसरमा मेयर बोहराले बालाजुमा अवस्थित जनमैत्री अस्पताललाई क्वारेन्टाइन बनाउन जिल्ला प्रशासन कार्यलय काठमाडै , काठमाडौ महानगरपालिका संग छलफल भइरहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #साङ्गला स्वास्थ चौकी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ३बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ४प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ५गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ६टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ७विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ८राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
तपाईको कमेन्ट लेख्नुहोस्