Techie IT
बिहीबार, कात्तिक ४,२०७८

कोरोनाको लक्षण देखिएका कपिलवस्तुका २ पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु


कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुष र अर्का २५ वर्षीय एक पुरुषको कोरोना  विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ ।

कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताएका छन्।

एक जनाको कोरोनाको कारणले मृत्यु भएको हो भने अर्का एक पुरुषको भने रिपोर्ट आउन बाँकी छ। दुवैजनालाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । उनीहरुमध्ये एकजना तौलिहवाका हुन् भने अर्का कृष्णनगरका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #corona death


तपाईको कमेन्ट लेख्नुहोस्