Techie IT
बिहीबार, कात्तिक ४,२०७८

मकवानपुरमा सुरक्षाकर्मी सहित २३ जनामा कोरोना संक्रमणको पुष्टि


मकवानपुरको हेटौंडास्थित वन विज्ञान प्रयोगशालामा गरिएको परिक्षणमा आइतबार ५ जना प्रहरी सहित २३ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका पुरुषोतम सेडाईंले जानकारी दिएका छन्।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयका ५ प्रहरी सहित उपमहानगरपालिका भित्रका १६ र विराटनगर घर भई हेटौंडा बस्ने एक व्यक्ति र त्यहि एक सहकारीमा कार्यरत एक महिला कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

सेढाईंका अनुसार अहिलेसम्म उपमहानगरको १४ वटा वडामा संक्रमण देखिसकिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #corona update


तपाईको कमेन्ट लेख्नुहोस्