नागार्जुन नगरपालिकामा ७ जनामा कोरोना पोजेटिभ

काठमाडौं । नागार्जुन नगरपालिकामा पछिल्लो एक हप्ताभित्र ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । वडा नं. ४ मा स्थायी बसोबास गर्ने एकै परिवारका श्रीमान–श्रीमतीमा कोरोना पोजेटिभ देखिएपछि उनिहरुलाई आइसोलेसनमा राखिएको छ । सुभेच्छा अस्पतालमा गाइनोको उपचारका लागि जाँदा अस्पतालले कोरोना परिक्षण गर्न लगाउँदा पोजेटिभ देखिएको थियो ।
त्यस्तै वडा नं. ५ को सितापाइला मन्दिर नजिकै अस्थायी बसोबास गरेर व्यापार÷व्यवसाय गर्दै आएका एकाघरका बाबुछोरालाई कोरोना पोजेटिभ देखिएको छ । नीजका परिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।
त्यस्तै वडा नं. ४ को सितापाइलामा हिजो मात्र एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । नीजलाई अहिले आइसोलेसनमा राखेको छ । उक्त स्थानमा कन्ट्रायक ट्रेसिङ भइरहेको छ ।
त्यस्तै वडा नं. १ को रानीवनमा १ जना पुरुषलाई कोरोना पुष्टि भएको छ । किताव खानाका सरकारी कर्मचारीलाई कोरोना भेटिएको छ । उनलाई आइसोलेसनमा राखिएको बुझिएको छ ।
त्यस्तै हिजो वडा नं. ३ को ठूलो भ¥याङ नजिकै एक जना पुरुषलाई लाई कोरोना पोजेटिभ देखिएको छ । उनले ठूलो भ¥याङमा रहेको चप्पल कारखानामा काम गर्दै आएका थिए । आजदेखि चप्पल कारखानाका साहुले कारखाना बन्द गरिसकेको छ । कारखानामा साहुले कन्ट्रायक ट्रेसिङ गर्नुका साथै कर्मचारीहरुको पिसिआर परिक्षण गर्ने तयारी गरिरहेको छ ।
नागार्जुन नगरपालिकाको उप–प्रमुख सुसिला अधिकारीकाअनुसार सरकारले लक डाउन हटाएका कारण बाहिरबाट मान्छेहरु भित्रिरहेका छन् जसले गर्दा कोरोना महामारी नागार्जुनमा बढिरहेको छ । उनका अनुसार नागार्जुनको वडा नं. ४ मा कोरोना भयावह बन्ने सम्भावना रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्