Techie IT
शनिबार, कात्तिक ८,२०७७

एसिड हानिएको होइन


काठमाडौँको बौद्धस्थित चुच्चेपाटीमा गए राति एक व्यक्तिले श्रीमती र छोरीलाई तेजाब हानेको भनेर समाचार प्राप्त भएपछि प्रहरी तत्काल घटनास्थल पुग्यो तर अनुसन्धान गर्दा त्यहाँ तेजाब नभई रङमा लगाइने तारपिन तेल छ्यापेको पाइएको छ ।

रङरोगनको काम गर्ने राजन विष्टले घर झगडा हुँदा गए राति श्रीमती र छोरीलाई उक्त तेल छ्यापेका हुन् । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले तेजाब हानेको खबर आएपछि प्रहरी टोली पुगेर बुझ्दा तारपिन तेल छ्यापेको पाइएको छ ।

बढी रक्सी खाइरहने हुँदा विष्टकै कारण बेलाबेलामा घर झगडा हुने गरेको थियो । गए राति पनि सोही प्रक्रिया दोहो¥याउँदा उनले तारपिन तेलले हानेको पाइएको ज्ञवालीले बताए । छोरीको आँखामा तेल परेकाले तिलगङ्गा आँखा अस्पतालमा सामान्य उपचारपछि फर्किएको बताइएको छ । आमालाई भने केही भएको छैन ।
–––


क्याटेगोरी : समाचार
ट्याग : #acid attack


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!