Techie IT
शुक्रबार, असोज ९,२०७७

बाबुको मृत्युपछि छोरीलाई नेशनल लाईफ संखुवासभाले दियो ५ लाख


आफ्नो छोरीको प्रस्तावक बसेका खाँदबारी २ का उचित बहादुर राईको निधन भएपछि उहाँको परिवारलाई नेशनल लाईफ ईन्सुरेन्सले ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । राईको मृत्यु पश्चात उनका छोरी शुशिलाको नाममा ५ लाख विमांक रकम भुक्तानी दिएको हो । उनले पहिलो किस्ता ३३ हजार ७ सय ४० रुपैयाँ मात्र जम्मा गरेका थिए । ५ लाख रुपैयाँ खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले मृतकका श्रीमति सुमित्रा राईलार्य बिहीबार हस्तान्तरण गरे ।

             अब नावालिका शुशिलाका नाममा नेशनल लाईफले १५ बर्ष ३३ हजार ७ सय ४० रुपैयाँका दरले रकम जम्मा गर्ने शाखाप्रवन्धक कमल आलेले बताए । उनका अनुसार १४ र १५ बर्षपछि विमांकको २५ प्रतिशत र १६ बर्षपछि एकमुष्ठ विमांक रकमका साथै बोनस रकम पनि उपलव्ध गराईने छ । मृतक राईले शुशिलाका नाममा २०७६ असार ३१ मा बरिष्ठ व्यवसाय प्रवन्धक नेपालमान श्रेष्ठले विमा गराएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!