डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै पुलामी दम्पती

एउटा ठूलो ढुंगे ओढारभित्र गाँस, बास मात्र नभई व्यवसायसमेत सञ्चालन गरेर यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई चरितार्थ गरिदिएका छन् ।
दैलेख जिल्लाको आठबिस नगरपालिका–५ स्थित पिपलबोट घट्टेखोला नजिकैको ओढारमा विगत १६ वर्षदेखि चिया, खाजा रेष्टुराँको व्यवसाय गरी जीविकोपार्जन गर्दै पुलामी दम्पतीले उक्त उखानलाई व्यवहारमा उतारेका हुन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट १३० किलोमिटर पश्चिमतर्पm दैलेख कालीकोट सडकखण्डको छेउमै रहेको ओढारमा चिया, तरकारी, माछा मासुलगायत विभिन्न परिकार बनाएर बिक्री गर्दै आएको ७३ वर्षीया गंगादेवी पुलामीले बताउनुभयो ।
उहाँका अनुसार स्थानीय बासिन्दा तथा यातायातका साधनमा आउने ग्राहकसमेत सो स्थानमा रोकेर खाजा खानुको साथै फोटो खिच्दै रमाएको देख्न पाउँदा आफूलाई रमाइलो र खुशी लाग्ने गरेको छ ।
“ढुंगे ओढारमुनि पानीबाट पनि ओत लागिएकै छ, अहिलेसम्म सर्पलगायतका विषालु किरा तथा जंगली जनावरले कुनै पनि दुःख दिएका छैनन्,” उहाँँले भन्नुभयो, “ओढारमा आउने ग्राहकलाई कालो चिया रु १५ मा, दूध चिया रु २० मा बेच्ने गर्छु ।”
२०४१ सालदेखि नजिकै रहेको किटु बस्तीबाट खोलामा पिसानीको साधन घट्ट सञ्चालन गरेर स्थानीयलाई सुविधा दिनुका साथै आयआर्जनका लागि खोलामा झरेका पुलामी दम्पतीका लागि अन्ततः ढुंगे ओढार बासस्थानका रुपमा परिणत भएको हो ।
ओढारको अघिल्लो भाग सडक छेउमा जस्तापाताले छाएको छानामुनि राखिएको काठको बेञ्चमा ग्राहकलाई बस्ने व्यवस्था मिलाइनुका साथै माटोको चुलोमा दाउरा प्रयोग गरेर पकाएको चिया र खाजाको स्वाद ग्राहकलाई चखाउनु गंगादेवीको दैनिकीनै बनेको छ ।
दैलेख कालीकोट बाटो २०५१ सालमा खोलेपछि विस्तारै घट्टको प्रयोगमा कमी आएसँगै अन्ततः एक वर्षयता पूर्णरुपमा नै बन्द भएको ७५ वर्षीय भुवानीसिंह पुलामीले बताउनुभयो ।
ओढारमा हामी एक्लै हुँदैनाँै छोरा बुहारी, छोरी, नातिनातीना सबैले रेखदेख सहयोग गर्दे आएको बताउँदै उहाँ भन्नुहुन्छ गर्न सकेसम्म गर्ने र ओढारमै मर्ने सोच बनाएका छौँ ।
दुई छोरा दुई छोरीका साथै आठ नातिनातिनाका अभिभावक पुलामी दम्पती नयाँ आधुनिक घर भएर पनि ओढारमा नै बस्न रुचाउने गरेको रारा फेवा पर्यटन प्रवद्र्धन अभियानका साथ सो स्थानमा पुगेको सामुदायिक वन उपभोक्त महासंघ कास्कीको टोलीलाई कान्छा छोरा अक्कलबहादुर पुलामीले जानकारी दिनुभयो ।
“बुबा आमा यही रमाउनुभएको छ, विभिन्न पर्वमा पनि यही बस्ने भएपछि परिवारसहित आफन्त एवं इष्टमित्र यही आउने गरेका छन्,” उहाँले भन्नुभयो, “उहाँहरू यही ओढारमा रमाउने गरेका कारण पनि चाडपर्वमा हामी सबै यही आउने गरेका छौँ ।”
पुलामी दम्पती ओढारमा बसे सौर्यबत्ती (सोलार) ले आफू बसेको ठाउँलाई उज्यालो बनाउनुका साथै सात दशक उमेरमा पनि परम्परालाई जीवन्त राख्दै ओढारमा बसेर हँसिलो मुहारका साथ व्यवसाय गर्नु समाजको लागि अनुकरणीय भएको भ्रमण टोलीका संयोजक कालीदास सुवेदी बताउनुहुन्छ ।
क्याटेगोरी : जीवनशैली, समाचार
ट्याग : #ढुंगे ओढार
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्