Techie IT
शनिबार, कात्तिक ६,२०७८

आन्तरिक विवाद समाधानका लागी ओली, प्रचन्ड र झलनाथ बिच बालुवाटारमा बैठक जारी


लामो समय देखिको आन्तरिक विवाद समाधानका लागी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अहिले बालुवाटारमा संवाद सुरु भएको छ।

विवाद समाधानको उपाय खोज्नका लागि प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनाल आईतबार बिहान बालुवाटार पुगेका हुन् । स्थायी समितिको बैठक चलाउन र एउटा सहमतिमा पुगी नेकपालाई अगाडि लैजाने प्रयास अन्तर्गत संवादको थालनी भएको हो ।

जारी विवादका क्रममा उपाध्यक्ष बामदेव गौतमको ६ बुँदे नयाँ प्रस्ताव आएपछि नेकपा विवादले मोड लिनुका साथै आन्तरिक समिकरण नयाँ चरणमा पुगेको अनुमान गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बालुवाटार


तपाईको कमेन्ट लेख्नुहोस्