Techie IT
मंगलबार, असोज १३,२०७७

संखुवासभाको तल्लो बरुण हिमताल फुट्ने खतरा


संखुवासभा, खाँदबारी – संखुवासभाको मकालु गाउँपालिकामा पर्ने मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको तल्लो बरुण हिम ताल फुट्ने खतरामा छ । १ सय ४ हिमतालमध्ये तल्लो वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्र्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ ।

इसिमोडका डा अरुणबहादुर श्रेष्ठका अनुसार तल्लो बरुण हिमताल उच्च जोखिममा छ । बाँकी ३ वटा उच्च जोखिममा रहेको हिम तालको नाम भने उनले उल्लेख गरेनन् । मकालु बेसक्याम्पभन्दा तल रहेको तल्लो बरुण हिमताल र भोटखोला गाउँपालिकास्थित हिमताल उच्च जोखिममा रहेको उनले बताए । सदरमुकाम खाँदबारीमा सांग्रिला प्रतिष्ठानले गत शनिबार आयोजना गरेको कार्यक्रममा संखुवासभाका चार र तिब्बतका १७ वटा हिमताल फुट्ने जोखिममा रहेको उनले बताए । तिब्बतमा रहेका १७ वटा हिमतालको पानी अरुण नदी हुँदै नेपालतर्फ आउछ, उनले भने, कूल १ दशमलब ९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको तल्लो बरुण हिमतालको लम्बाइ २ दशमलब ७ किलोमिटर र चौडाइ ६ सय छ । उनका अनुसार यो हिमताल विस्फोट भएमा संखुवासभा, भोजपुर, धनकुटा र सुनसरी जिल्लाका खोला र नदी किनारमा बसोबास गर्ने बस्ती उच्च जोखिममा पर्छ । यसतर्फ सचेत रहन सरोकारवालालाई उनले आग्रह गरेको छ । नेपालमा पाँच हजार ३ सय ५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा छ, उनले भने, हिमालमा नयाँ ताल बन्ने र विलीन हुने प्रक्रियाका कारण तल्लो बस्ती जोखिममा छ । जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको छ, उनले थपे, त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिनु पर्छ ।

इसिमोडका श्रेष्ठका अनुसार हिउँ बढी पग्लने, हिमताल र नदीहरुमा धेरै पानी हुने भएकाले यतिबेला हिमताल फुट्ने सम्भावना बढी हुन्छ । यो साना हिमताल समेत जोमिखपूर्ण हुने मौसम हो, उनले भने, हिमतालका बाँध प्राकृतिक भए पनि एकदमै कमजोर हुन्छ । हिउँ पग्लेर तालको पानी अधिकतम तहमा पुग्ने समय जुलाई–अगस्ट हो, त्यही भएर ताल फुट्ने जोखिम यति बेला नै बढी हुन्छ । उनका अनुसार नेपालमा हिमताल विस्फोटका कारण आएको बाढीले क्षति पुर्याएको २१ वटा घटना अभिलेखमा छन् । विगतमा मार्चदेखि सेप्टेम्बरसम्म हिमताल फुटेको तथ्याङ्क छ । जोखिमयुक्त २० हिमतालमध्ये दुई वटामा मात्र सूचना प्रणाली जडान गरिएको छ । सूचना प्रणाली जडान गरिएको इम्चा र च्छो–रोल्पाको अवस्था भने नियमित अपडेट भइरहेको पनि उनको भनाई छ ।

हिमतालहरुको जोखिम अध्ययन र सूचना प्रणाली जडानमा सरकारले ध्यान नदिएको वातावरण विज्ञहरुको गुनासो छ । सरकारले थोरै गम्भीरता देखाउँदा धेरै धनजन जोगिन्थो, उनले भने, विगतमा भएको क्षति हेरेर पनि हिमबाढीको जोखिम न्यूनीकरणमा ठोस कदम चाल्नु पर्छ । त्यो भनेको हिमतालहरुको नियमित अनुगमन र पूर्वसूचना प्रणाली स्थापना हो ।

तत्काल वरुण नदीको बहाव पुरानै बाटो फर्काए तल्लो वरुण हिमताल फुट्नबाट जोगाउन सकिने भएकाले सबैले यसमा पहल गर्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताए । निकट भविष्यमै सरोकारवाला संघसंस्थासँग समन्वय गरी छिट्टै हिमतालले भविष्यमा पुर्याउन सक्ने जोखिमका लागि व्यवस्थापन तथा न्यूनीकरण गर्न पहल कदमी चाल्न सधैँ अग्रपंतिमा छौ, उनले भने ।

वरुण नदीभन्दा लोवर वरुण हिमताल तल भएकाले नदी तालमा जाने खतरा बढेको हो । यो हिमताल विस्फोट भएमा ठूलो धनजनको क्षति हुन सक्ने हिमताल पुगेर फर्किएका अरुण इन्जिनीयरिङ प्रालिका प्रबन्धक इसाक राईले बताए । हितालको गहिराइ मापन गरी आवश्यकताभन्दा बढी पानी बाहिर फाल्नुपर्ने देखिएको छ, उनले भने, अरुण तथा वरुण नदी किनारमा भएका बस्तीलाई यसबारे सचेत गराउनुपर्ने आवश्यकता देखिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!