Techie IT
बुधबार, कात्तिक ५,२०७७

टोखा झोरमा पहिरोले पुरिएर दुई जना बच्चाको मृत्यु


काठमाडौँ । टोखा नगरपालिका–१ टोखा १ झोरमहांकाल टासिँडाडामा  पहिरोले पुरिएर  ३ वर्षका जुम्ल्याह जोडीको मृत्यु भएको छ ।

घरमाथि गरिएको जग्गा प्रटिङ्गको माटोको थुप्रो खस्दा बिहान १० बजे सो घटना हुन पुगेको थियो । बालुवा झिक्ने क्रममा खोलामा काम गरिरहेका व्यतिहरु सबै जना खाना खाईरहदा पहिरो गएको र भागदौड गर्दा भाग्न नसकि जुम्याह दुईजना लाई पहिरोले थिचेको थियो भने मृतको आमा लाई पहिरोवाट जिबितै उद्घारगरिएको छ ।

उनीहरुको खेल्ने क्रममा घरमाथिबाट खसेको र पहिरोको ढिस्कोले पुरिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्काले जानकारी दिए ।

धनकुटाको भेरी गाउँपालिका– २ गुराँसे स्थायी घर भएका रामकुमार रानामगरको जुम्ल्याह ३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको पहिरोले पुरिएर मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पहिरोले पुरिएर दुई जना बच्चाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!