Techie IT
शनिबार, असोज १०,२०७७

संखुवासभामा प्रबिधी मैत्री शिक्षक समिति गठन, समिति अध्यक्षमा बिष्ट चयन


प्रबिधी मैत्री शिक्षक समाजका प्रबिधी मैत्री शिक्षक समाजको संखुवासभा समिति गठन भएको छ । प्रथम जिल्ला अधिवेसनले सन्तोष बिष्टको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको हो ।

जुम एप्स मार्फत भएको अधिवेसनले विष्टको अध्यक्षतामा जिल्ला समिति गठन भएको कार्यक्रमका संयोजन गरेका शिक्षक महासंघका अध्यक्ष सेरबहादुर पुरीले जानकारी दिए । प्रविधी मैत्री शिक्षक समाजका केन्द्रिय अध्यक्ष भुपती बस्यालको प्रमुख आतित्थयतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न शिक्षकहरुको सहभागिता रहेको थियो ।  जिल्ला समितिको उपाध्यक्षमा शिक्षक  नवराज लाम्सोङ्ग राई, महिला उपाध्यक्षमा  शारदा दहाल भण्डारी, सचिवमा  सन्तोष श्रेष्ठ र कृष्ण बहादुर चापागाईं चयन भएको छन् ।

आज सम्पन्न भएको ऐतिहासिक  जिल्ला अधिबेशनबाट  निम्नानुसार प्रबिधी मैत्री शिक्षक समाज जिल्ला समिती संखुवासभाको गठन भयो । जिल्लाका १० वटै स्थानीय तहका शिक्षकहरुको सहभागिता रहने गरी समिति गठन भएको कार्यक्रमका प्राविधिक संयोजक सुन्दरी खतिवडा जानकारी दिइन् । अधिवेसनले इश्वर घिमिरेको संयोजकत्वमा ९ सदस्यीय प्रविधिक समिति गठन गरेको छ । त्यसैगरी जिल्लाका शिक्षकहरुको पेशागत संघ, संघठन प्रतिनिधित्व गर्नेगरी नेपाल शिक्षक महासंघका अध्यक्ष शेरबहादुर पुरीको संंयोजकत्वमा सहलहकार समिति समेत गठन गरिएको छ ।

समाजले अन्तराष्ट्रिय शिक्षण प्रवृधि भित्र्याएर सामुदायिक तथा निजी विद्यालयहरुमा लागु गर्न मद्दत गर्दै आएको छ । समाजले विद्यालयलाई प्रविधि मैत्री बनाउँदै सबै शिक्षकहरुको साझा संस्थाको देशभर काम गर्ने योजना अघि सारेको छ । प्रदेश १ ले पाँच वर्ष भित्र प्रदेश १ का सबै सामुदायिक विद्यालयहरुमा पेपरलेस गर्ने लक्ष समेत लिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!