Techie IT
बिहीबार, कात्तिक १३,२०७७

तारकेश्वरमा चोरको आशंकामा कुटपिट गर्न थालेपछि एकजना व्यक्तिको मृत्यु


काठमाडौ । तारकेश्वर वडा नं. ५ स्थित गोलढुंगामा गएराती १२ः३० बजे एक युवाको हत्या भएको छ । रसुवा स्थायी घर भई कपुरधारा बस्दै आएका २४ वर्षे खिरिङ तामाङको स्थानीयले चोरी गर्न आएको व्यक्ति ठानेर सर्वसाधारणले कुटपिट गर्न थालेपछि हत्या गरेका छन् ।

साथीको घरमा पाहुना लाग्न गएका खिरिङ तामाङले स्थानीय कृष्ण श्रेष्ठको कुकुरलाई ढुंगाले हानेको निउँमा स्थानीयहरु ढुंगाले हानेको बताइएको छ ।

पछि उनीहरु भागेपछि चोर, चोर भन्दै कराएपछि सर्वसाधारणले उनलाई ढुंगा हानेको पाइएको प्रहरीले जनाएको छ । बालाजुका डीएसपी रंजितसिंह राठौरले  बताएअनुसार उनको टाउकोमा चोट लागेको  छ।

गोलढुंगाका स्थानीय बासीलाई बालाजु प्रहरिले समातेर अनुसन्धानका लागि प्रहरि कार्यालय बालाजु वृतमा राखेको छ ।

गाउँलेहरुले  चोरको आशंकामा कुटपिट गर्न थालेपछि मारेको बुझिएको छ । मृतकको साथी एक जना घाइते भएका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार मध्यराति दुईजना मादक पदार्थ सेवन गरेर गएपछि एक घरको कुकुर भुकेको थियो । त्यसक्रममा उनीहरुले पनि होल्ला गर्न थालेपछि परिवारका व्यक्ति पनि बाहिर निस्किएका थिए । र, विवाद बढेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #कुटपिट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!