Techie IT
शुक्रबार, कात्तिक ५,२०७८

सिन्धुपाल्चोक फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता


गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् ।

राति १ः३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभयो ।

पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताउनुभयो । प्रहरी घटनास्थलमा अझै पुग्नसकेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #सिन्धुपाल्चोक फुल्पिङ


तपाईको कमेन्ट लेख्नुहोस्