Techie IT
शुक्रबार, असोज २,२०७७

संखुवासभामा योग अभ्यास शिक्षा लिनेको संख्या बढे


जारी लकडाउनकाबिच संखुवासभामा योग अभ्यास शिक्षा लिनेको संख्या बढेको छ । पानी पर्ने याम भए पनि टहरा निर्माण गरेर योग अभ्यास संचालन भइरहेको छ । दैनिक योग गर्नाले शरिरलाई धेरै फाइदा हुने योग अभ्यास कार्यक्रमका सहभागी दुर्गा पौडेलीले बताउनु भयो ।

योग अभ्यासका लागि खाँदबारीको घिमिरे गाउँमा महिला समुहले टहरा निर्माण गरेका छन् । टहरा निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी संखुवासभाले तीन वटा र स्थानीयवासी सुरज गौतमले एक वटा त्रिपाल उपलब्ध गराएका छन् ।

जिल्लाका विभिन्न ठाउँमा योग अभ्यास शिक्षा संचालनको माग भए पनि वर्षातको कारण संचालन गर्न नसकेको जिल्ला पतञ्जली यूवा समुहका अध्यक्ष तथा योग प्रशिक्षक क्षितिज बरालले बताउनु भयो ।

विरामी भएकाले मात्र योग गर्नुपर्छ भन्ने आम मानिसको बुझाइ रहेको छ । तर संखुवासभामा भने यूवादेखि वुद्धसम्म योग अभ्यास शिक्षामा रमाइरहेको प्रशिक्षक बरालले बताउनु भयो ।

हाल चैनपुरमा स्थापित क्वारेन्टाइन, खाँदबारीको वरुण क्याम्पस, खाँदबारी घिमिरे गाउँमा २ ठाउँ र नयाँ बजार पतञ्जली जिल्ला समितिको कार्यालय गरी ५ स्थानमा संचालन भइरहेको योग अभ्यास शिक्षालाई पतञ्जली जिल्ला समिति अध्यक्ष दीपक कटुवाल र पतञ्जली यूवा समुहका अध्यक्ष क्षितिज बरालले प्रशिक्षण दिइरहनु भएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!