Techie IT
बिहीबार, कात्तिक ६,२०७७

तारकेश्वरमा ३ जनामा कोरोना संक्रमण पुष्टि


२० असार, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका भित्र ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तारकेश्वर नगरपालिका वडा नं. ४ फुलबारी गेटकी ५२ वर्षिया महिला, नेपालटारकी २६ वर्षिया महिला र तारकेश्वर वडा नं. ९ मनमैँजुको मिलिजुली टोलमा बस्ने २४ वर्षियामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी आफ्नो घर गोरखाबाट आएकी २ हप्ता भएको छ । उनलाई अहिले टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनले ह्याम्स अस्पतालको एक्स–रे डिपार्टमेन्टमा काम गर्दै आइरहेकी थिइन । उनको कोरोना परिक्षणका लागि पिसिआर चेकअप गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

अहिले वडा नं. ९ को मिलिजुली टोलमा तारकेश्वर ९ का वडाध्यक्ष बलराम सिटौला र स्थानीय समाजसेवीहरुले उक्त घरमा बस्ने मानिसहरुलाई घरभित्रै लक गरेर राख्नुका साथै उनिहरुको पिसिआर परिक्षण तयारीमा लागेको स्थानीय समाजसेवी तथा नेकपाका वडा नंं. ९ का संयोजक श्यामकृष्ण महर्जनले बताउनुभयो ।

मन्त्रालयकाअनुसार फुलबारी गेटकी ५२ वर्षिया महिला त्यहिँकी स्थानिय भएको र असार १५ गते नियमित स्वास्थ्य जाँच गराउन काठमाडौँकै एक हस्पिटलमा गएको र असार १८ गते उनमा कोरोना पुष्टि भएको हो ।

यसैगरी, नेपालटारकी २६ वर्षिया महिला नुवाकोटबाट असार १४ गते काठमाडौँ आएकी थिइन् । उनको पनि असार १८ गते कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मनमैँजुकी २३ वर्षिया महिला काठमाडौँको ह्याम्स अस्पतालमा कार्यरत रहेको खुलेको छ । गोरखाबाट आएर १४ दिन होम क्वारेन्टिनमा बसेकी उनको असार १८ गते कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा ३ जनामा कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!