खाँदबारी र चिचिलाको बजेट पेश

खाँदबारी नगरपालिकाको सातौ नगर सभामा ६१ करोड ८३ लाख ७० हजार बराबरको बजेट पेश भएको छ । त्यस्तै चिचिला गाँउपालिकाले २६ करोड ३१ लाखको बजेट गाउँसभामा पेश गरेको छ । खाँदबारीले आज सम्पन्न नगरसभामा कोरोना संक्रमण नियन्त्रण गर्न विशेष प्राथमिकतामा राखिएको छ । कोभिड–१९ लक्षित कार्यक्रममा संक्रमणको सम्भावना भएका व्यक्तिहरुको परीक्षणका लागि आवश्यक औषधि तथा उपकरण र परामर्शदाताहरुसहितको मोबाइल क्लिनिक चलाउने, वडाहरुमा सञ्चालित होम क्वारेन्टाइनलाई व्यवस्थित गराउने भन्ने रहेको छ ।
झन्डै २ दर्जन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बाडफाड गरिएको प्रमुख मुरारीप्रसाद खतिवडाले बताउनुभयो । सहरी सौन्दर्यतालाई व्यवस्थीत गर्ने, बस्ती विकास र अधुरा योजनालाई पनि प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याउने छ । आर्थिक उपार्जनमा आत्मनिर्भर, सदरमुकाम खाँदबारी र आसपासका क्षेत्रमा अरुण नदीबाट पानी लिफ्टिङ्ग सिस्टमबाट ल्याईने जस्ता योजना अघि सारिएको छ । आगामी असार १८ मा बजेट पारित गरिने छ ।
चिचिला गाँउपालिकाले पनि कोरोना नियन्त्रण, भवन निर्माण, सडक, कृषि तथा पशुपंक्षि, महिला तथा वालवाललिका लगायतका क्षेत्रमा बजेट पेश गरिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्