Techie IT
आईतबार, असोज ४,२०७७

विश्व किर्तिमानी संखुवासभाका पर्वतारोही मिङमा शेर्पा कांग्रेसमा प्रवेश


काठमाडौं- नेपाली काग्रेसका महामन्त्री शशांक कोइरालाले आगामि चुनावमा नेपाली काँग्रेस पहिलो पार्टि हुने दावी गर्नुभएको छ । लोकतन्त्र प्राप्तिदेखि अहिलेसम्म पनि विकासमा अग्रणी भुमिका निर्वाह गरेको बताउदै कोइरालाले देश समृद्ध बनाउन कांग्रेस नै चाहिने धारणा राख्नु भयो ।

संखुवासभा काठमाडौ सम्पर्क समितिद्धारा आयोजित कांग्रेस प्रवेश कार्यक्रममा महामन्त्री कोइरालाले अव युवाहरुको पहिलो छनौटको पार्टी कांग्रेस हुने बताउदै पार्टी प्रवेशको श्रृंखला निरन्तर रहने बताउनु भयो । सो कार्यक्रममा संखुवासभा जिल्ला मकालुका विश्व किर्तिमानधारी पर्वतारोही मिङमा शेर्पा लगायत पर्यटन व्यवसाय र पर्वतारोहण मा लागेका सात जनाले पार्टी प्रवेश गरेका छन् । कार्यक्रममा सहमहामन्त्री प्रकाशशरण महतले नेकपाको गलत रवैयाका कारण देश पछि परेको धारणा राख्नु भयो ।

केन्द्रिय सदस्य मिनेन्द्र रिजालले सरकार बेसार र तातो पानिको कुरामा अल्झिएको बताउदै विकास र समृद्धीबाट विमुख हुनपुगेको दावी गर्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य गगन थापाले कोरोनाको महामारीबाट बच्न गर्नुपर्ने तयारीमा सरकार चुकेको बताउनु आरोप लगाउनु भयो  । सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त हुदा कोरोना नियन्त्रणमा उल्लेख्य भुमिका निर्वाह गर्न नसकेको बताउनु भयो ।

पार्टी प्रवेश गरेका पर्वतारोही मिङमा शेर्पाले कांग्रेसले मात्रै लोकतन्त्रको संरक्षण र देश विकास गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो  ।

कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, पूर्वराज्यमन्त्रीहरु दिपक खड्का, तारामान गुरुङ, पूर्व सांसदहरु टंक राइ, पासाङ शेर्पा  बिना पौडेल लगायतका नेताहरुले पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाइ स्वागत गर्दै शुभकामना दिनुभएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!