Techie IT
आईतबार, असोज ११,२०७७

चन्द्रागिरिमा जेसिबी डोजर दुर्घटना हुँदा चालकको मृत्यु


काठमाडौं ,जेष्ठ २३।

चन्द्रागिरि नगरपालिकामा जेसिबी डोजर दुर्घटना हुँदा चालकको उपचारको क्रममा मृत्यु भएको छ। बिहीबार बिहान पौने १० बजे मकवानपुरको गणेशमान सिंह लोकमार्ग हुँदै थानकोट तर्फ जादै  गरेको ना १ क ७२९३ नम्बरको जेसिबी चन्द्रगिरी नगरपालिका–४ सेते पहरामा दुर्घटना भएको थियो।

प्रोगेसिभ कन्सट्रक्सन प्रालिको जेसिबी सडकबाट २५० मिटर तल खसेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।दुर्घटनामा मकवानपुर थाहा नगरपालिका ०४ का ३३ वर्षीय चालक पुर्णध्वज केसी र सहयोगी २७ वर्षीय अनिल दिसुवा घाइते भएका थिए।

उनीहरूको तत्काल उद्दार गरी उपचारको लागि नेशनल ट्रमा सेन्टर अस्पताल लगिएको थियो। चालक केसीको उपचारको क्रममा बिहीबार राति पौने १२ बजे मृत्यु भएको वृत्तले जनाएको छ। साथै सहयोगी दिसुवाको अवस्था भने सामान्य छ।

कपन अनलाइन 


क्याटेगोरी : समाचार
ट्याग : #जेसिबी डोजर दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!