Techie IT
मंगलबार, कात्तिक २,२०७८

विपतमा काम गर्ने राष्ट्रसेवकको मनोवल उठाउन आधिकारिक ट्रेड युनीयनको आग्रह


२३ जेठ २०७७, शुक्रबार

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनीयनले कोभिद १९ को महामारीको बेला पारीवारिक जिम्मेवारीलाई थाती राख्दै अहोरात्र खट्ने राष्ट्रसेवक कर्मचारीको मनोवल बढाउने काम गर्न सरकार र आम नागरिक समुदायमा आग्रह गरेको छ ।

पछिल्ला दिनमा कर्मचारीहरुमाथि बढेको आक्रमण, दुव्र्यवहार, अपमान र मनोवल गिराउने विविध क्रियाकलापप्रति ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक ट्रेड युनीयनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले राष्ट्रसेवकको सामाजिक, पेशागत र कार्यस्थलको  सुरक्षाका लागि सरकारसंग  माग गर्नुभएको छ ।

पोखरेलले विहिबार एक विज्ञप्ती जारी गर्दै शिखर नगरपालिका डोटीमा कार्यरत अहेव रमेश कुँवर, वैरिया मदरसा क्वारेन्टाइनमा कार्यरत स्वास्थ्य संयोजक खुर्सेद आलम लगायत तीन स्वास्थ्यकर्मी, भैरवी गाउँपालिकामा कार्यरत हिरासिंह थापामाथि भएको आक्रमणप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आधिकारिक ट्रेड युनीयन, #भोलानाथ पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्