Techie IT
बिहीबार, असार २५,२०७७

टोखा-६ का कोरोना संक्रमित डिस्चार्ज ,६१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ


न्यूज अफ टोखा, काठमाडौं ।  काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका टोखा नगरपालिका वडा नं ६ का ४१ वर्षीय पुरुष कोरोना भाइरसका संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

टेकु अस्पतालमा उपचाररत उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

उनीसंगै टोखा-३ का २७ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमणदेखिए पछि उनीहरुको सम्पर्कमा आएका परिवार तथा स्थानीयबासीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको ६१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको नगरप्रमुख अधिकारी बताएका छन् ।

यससँगै संक्रमित भेटिएका स्थानहरुमा गरिएको शिल पूर्ण रुपमा फुकुवा समेत गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखा-६ का कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545