Techie IT
शनिबार, कात्तिक ८,२०७७

संखुवासभा प्याब्सनद्धारा खाद्यान्न सहयोग


खाँदबारी । संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन संखुवासभाले खाँदबारी नगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस कोविड १९ को महामारीको बेला भोकै कोहि पनि बस्न नपरोस भन्दै प्याब्सनले खाद्यन्न सहयोग गरेको हो ।
खाँदबारी नगरपालिकालाई ७५ हजार बराबरको ५० बोरो चामल हस्तान्तरण गर्दै प्याब्सनका संखुवासभा अध्यक्ष छिरिङ भोटेले नगर क्षेत्रका गरिब, असाहय, र श्रमिक वर्गलाई चामल हस्तान्तरण गर्न आग्रह गरे ।

चामल ग्रहण गर्दै खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारी प्रसाद खतिवडाले महामारीमा डट्नको लागि सहयोग गरेकोमा प्याब्सनलाई धन्यवाद दिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!