ताथलीमा ११ देखि २७ गतेसम्म महायज्ञ हुने

प्रदिप ढकाल
भक्तपुर, ०५ असोज २०८०
भक्तपुरको चाँगुनारायण ९ ताथलीस्थित जेष्ठ नागरिकका लागि नि:शुल्क आश्रय स्थल ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम‘ कोसहयोगार्थ श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ यही असोज ११ गतेदेखि २७ गतेसम्म १७ दिनसञ्चालन हुने भएको हो ।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष चर्चित श्रीमद भागवत वाचक बालयोगेश्वर विजयमूर्ति महाराजलेयो ज्ञान महायज्ञ ऐतिहासिक हुने बताए । ”श्रीमद भागवतका कहिं नसुनिएका कथाहरु भक्तजनले यहाँ श्रवण गर्नुहुनेछ ।” उनले दावीगरे । प्रत्येक दिनलाई ४ भागमा विभाजित गरी धार्मिक अनुष्ठान हुने हुँदा अपुरो नहुने र प्रत्येक धार्मिक कार्यले गहिराइ प्राप्त गर्ने उनलेजिकिर गरेका छन्।
महायज्ञको पहिलो दिन आश्विन ११ गते १००८ शान्ति कलश यात्रा हुने, महायज्ञका अवसरमा ५ सय भन्दा बढी बाल कन्याहरुको पुजा गरिने, सयौ जनाको सामूहिक तुलादान, १०८ गौमाताको दुध जम्मा गरी पञ्चामृत तयार गरी वितरण गर्ने, एक हजार भन्दा बढी ज्येष्ठनागरिकलाई सम्मान गर्ने, चारवेद, पुराण पाठ पारायण सहित सम्पूर्ण अध्यात्मिक गतिविधि हुने पत्रकार सम्मेलन मार्फत जानकारीगराइएको छ ।
यसैगरी प्रत्येक दिन राष्ट्रिय स्तरका राजनेता र कलाकारहरुको उपस्थिती, रात्रीको समयमा रामलीला, कृष्णलीला, भरत नाट्यम, नृत्य, धर्म संस्कृति र पहिचान झल्कने साँसकृतिक झाकी, देश विदेशका ख्याती प्राप्त सन्त, महात्मा, धर्मगुरुहरुको उपस्थिती र प्रवचन प्रस्तुतगरिने बताइएको छ ।
महायज्ञ सफल बनाउन १०८ सदस्यीय मूल आयोजक समिति र स्थानीय समाजसेवी केशरबहादुर खड्काको संयोकत्वमा १००८सदस्यीय मूल आयोजक समारोह समिति गठन गरी विभिन्न ६० वटा उपसमिति समेत गठन गरी कार्य भइरहेको आयोजक संस्थाकाअध्यक्ष चर्चित श्रीमद भागवत कथा वाचक बालयोगेश्वर विजयमूर्ति महाराजले जानकारी गराएका छन् । यस्तै महायज्ञको निर्देशकमासुभाष ढुंगाना र सचिवमा सुशिल ढुंगाना रहेका छन् । महायज्ञ बाट संकलन हुने दान र भेटीबाट ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’कोआवश्यक भवन र पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको आश्रम सञ्चालक समितिका अध्यक्ष वालयोगेश्वर विजयमूर्ति महाराजले स्पष्टपारेका छन् ।
उक्त आश्रम गत १८ असारमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । ५० आना क्षेत्रफलमा फैलिएको आश्रममा ३०जनालाई आश्रय दिने क्षमता रहेकोमा त्यसलाई बढाएर १ सय पुर्याउने लक्ष रहेको छ । आश्रमलाई आश्रयस्थलको रुपमा मात्र नभईबृहत आध्यात्मिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, धर्मशाला, सत्सङ्ग भवन, पुस्तकालय, सन्त निवास, ज्येष्ठनागरिक सेवा केन्द्रको रुपमा बिस्तार गर्ने लक्ष रहेको अध्यक्ष बालयोगेश्वर विजयमूर्ति महाराजले बताए । उक्त क्षेत्रमा अलौकिक दिव्यराधाकृष्ण तथा पञ्चायन मन्दिर निर्माणको गुरुयोजना रहेको समेत उनले जानकारी गराएका छन् ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्