टोखामा नमूना नगरसभा : मेयरमा राजीव डंगोल र उपमेयरमा लेशीसा श्रेष्ठ निर्वाचित

टोखा काठमाडौं । टोखामा नमूना नगरसभा कार्यक्रमबाट मेयरमा राजीव डंगोल र उपमेयरमा लेशीसा श्रेष्ठ निर्वाचित भएका छन । नयाँ किरण समूहको ब्यवस्थापन तथा प्रदेश युवा परिषद बागमतीको आयोजनामा संचालित ५ दिवसीय प्रशिक्षण कार्यक्रम आज मेयर र उपमेयर निर्वाचित गरिएको हो ।
टोखा नगरपालिकाको ११ वटै वडाहरुमा ३ जना र मेयरको सिफारीसमा ७ जना गरि कुल ४० जना मतदाताहरुको मतदान मार्फत निर्वाचन भएको नयाँ किरण समूहका अध्यक्ष डा. दिपेन्द्र श्रेष्ठले बताउनु भयो ।
डा . श्रेष्ठका अनुसार नमूना नगर सभा मार्फत निर्वाचित मेयर उपमेयरले स्वास्थ , शिक्षा , भौतिक पूर्वाधार , सामाजिक बिकाश , तथा बिभिन्न समितिहरुबाट योजना संकलन गरि बिध्येयक पेश गरि सभामा छलफल पश्चात पारित गरिने छ ।
निर्वाचत मेयर उपमेयर बागमति प्रदेश सभामा प्रतिनिधि हुनेछन र प्रदेश मन्त्रि मुख्यमन्त्रि मतदान मार्फत छनौट गर्नेछन भने प्रदेशबाट ७ जना प्रतिनिधि चुनियर केन्द्रिउ मन्त्रि र प्रधानमन्त्रि निर्वाचित गर्नेछन ।
कार्यक्रमको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गर्नुभएको थियो । सोही अवसरमा मेयर अधिकारीले युवाहरुका लागि एकदमै महत्वपुर्ण कार्यक्रम रहेको बताउनुहुँदै अहिलेको समयमा युवाहरुनै नगरको विकासमा प्रतिनिधित्व गर्न अग्रसर हुनुपर्ने धारण राख्नुभएको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #टोखामा नमूना नगरसभा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्