Techie IT
बिहीबार, मंसीर २३,२०७८

टोखाका समाजसेवी दिपेन्द्र श्रेष्ठलाई विद्यावारिधिको उपाधि


टोखा नगरपालिका निवासी  समाजसेवी दिपेन्द्र श्रेष्ठले विद्यावारिधिको उपाधि प्राप्त गरेका छन। लामो समयदेखि सो क्षेत्रको सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहेका डा. श्रेष्ठले मेडिकल माइक्रोबायोलोजी विषयमा त्रिभुवन विश्वविद्यालयबाट  पीएचडीको उपाधि प्राप्त गरेका हुन्।

न्हुज दया पुस्तकालय र टोखा चंडेश्वरी प्रदेस अस्पतालका अध्यक्ष समेत रहेका डा. श्रेष्ठले त्रिभुवन विश्व विद्यालयबाट माइक्रोबायोलोजी विषयमा स्नातकोत्तर गरेका थिए ।

नेकपा एमालेका महासचिव तथा पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रमुख स्वकीय सचिव समेत रहेका डा.श्रेष्ठ लामो लामो समय देखि नेकपा एमालेमा सक्रिय रहदै आएका छन।

प्राचिन टोखा नगरको संस्कृति र मौलिक पहिचानको संरक्षण,सम्वर्धन र जगेर्नाका लागि अभियान संचालन गर्दै तयसको नेतृत्व गर्दै आएका डा.श्रेष्ठ विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध रहेका छन।


क्याटेगोरी : स्थानीय
ट्याग : #दिपेन्द्र श्रेष्ठ


तपाईको कमेन्ट लेख्नुहोस्