प्याजले कसरी यौनेच्छा र शक्ति बढाउँछ चर्चा गरौं

एजेन्सी । यदि तपाइको केहि दिन यता यौनेच्छामा कमी भएको छ, भने तपाईले आफ्नो खानामा ध्यान दिनुपर्छ । कुनै आहारले सेक्सको इच्छा र शक्ति बढाउन मद्धत पु¥याउँछ । यसमध्ये प्याज एक महत्वपूर्ण तत्व रहेको छ । आउनुहोस प्याजले कसरी यौनेच्छा र शक्ति बढाउँछ चर्चा गरौं ।
सर्कुलेशनलाई उत्तम राख्छ ।
प्याज सल्फाइडको एकदमै राम्रो स्रोत हो । जुन कोलेस्ट्रलको अनुपात र प्रेशरलाई नियन्त्रणमा राख्न मद्धत पु¥याउँछ । जसले मुटुलाई पनि स्वस्थ राख्दै गुप्ताङ्गमा रक्तप्रवाहलाई नियन्त्रण गर्दै यौनसम्पर्कलाई अझ रोमान्टिक बनाउँछ ।
टेस्टास्टरोन मात्रालाई राम्रो बनाउँछ ।
तरबीज यूनिभर्सिटी इन इरानको एक एनिमल रिसर्चका अनुसार ताजा प्याजको रसले टेस्टास्टरोनको मात्रालाई बढाउँछ । यसको साथै यौनसम्पर्कमा सामेल हुने अङ्गहरुलाई पनि स्वस्थ राख्दछ ।
शुक्रकिटको सङ्ख्या बढाउँछ ।
प्याजमा एन्टी अक्सिडेन्ट गुण हुन्छ जसले शुक्रकिटको सङ्ख्या बढाउँछ ।
सेक्स पर्फमेन्स राम्रो बनाउँछ ।
जुन व्यक्तिहरुको स्टेमिना कमजोर हुन्छ उनिहरुले सेक्स लाइफको आनन्द लिन सक्दैनन् । प्याजले यो समस्यालाई निर्मुल पार्छ । यसमा फाइटोन्यूट्रीएन्टस हुन्छ जसले ‘भिटामिन सी’को काम गर्दै इम्यून सिस्टमलाई बढाउँछ । यसले शरीरको टक्सिन फ्री गरेर यौनशक्तिलाई बढाउन मद्धत गर्दछ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #प्याज
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्