मदिराको चुस्कीले भोलिपल्ट ह्याङ बनायो ? अपनाउनुहोस् यी ७ तरिका

१ ह्याङओभर भएको बेला शरीरमा पानीको मात्रा निकै कम हुन्छ । त्यसैले यस्तो बेलामा प्रशस्त मात्रामा पानी पिउनु पर्छ । सकभर नरिवलको पानी पिउनाले यसमा भएको चिनीको मात्रा कम र इलेक्ट्रोलाइट्सलगायत खनिज प्रशस्त हुनाले ह्याङ भएको शरीरलाई राहत दिन्छ ।
२ ह्याङओभर भएको बेलामा अदुवाको टुक्रो लाभदायी हुन्छ ।
३ ह्याङओभर भएको बेला शरीरमा ग्लुकोजको मात्रा कम हुने भएकाले आलस्य र कमजोरी हुन्छ । यस्तोमा एक ग्लास गोलभेँडाको जुस खानाले शरीरमा चिनीको मात्रा सन्तुलनमा आउँछ । यसले पेटलाई पनि शीतल गर्छ ।
४ ह्याङओभरमा शरीरको पोटासियम कम भएको हुन्छ । पोटासियम कम हुँदा मांसपेशी कमजोर हुने, जीउ दुख्ने, रक्तचाप बढ्ने आदि हुन्छ । त्यसैले ह्याङओभर भएको बेलामा केरा खानुहोस् । यसमा पोटासियमको मात्रा उच्च हुन्छ ।
५ कुरिलोमा अल्कोहल काट्ने तत्व हुन्छ । त्यसैले मदिरा खानुअघि र भोलिपल्ट पनि कुरिलोको तरकारी अथवा अचार खानु फाइदाजनक हुन्छ ।
६ कफी अथवा चियाको लत भएकालाई ह्याङओभर भयो भने उनीहरूले हर्बल टी खानु राम्रो हुन्छ । यसले शरीरमा पानीको मात्रा घटाउँदैन ।
७ अण्डा खानुपर्छ । अण्डामा हुने एमिनो एसिडले ह्याङओभरग्रस्त शरीरमा रहेका टक्सिनलाई कम गर्छ । अण्डामा प्रचुर मात्रामा पाइने भिटामिन बी पनि ह्याङओभर हटाउन उपयोगी हुन्छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #ह्याङ
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्