यि हुन गर्भावस्थामा महिलाहरुको कारण अपाङ्ग बच्चा जन्मीनु

गर्भावस्थामा यस्तो गर्नाले आमालाई त सन्तोष दिन्छ तर, बच्चामा यसको नकरात्मक प्रभाव पर्छ जसले उनीहरुमा अपाङ्गताको खतारलाई बढाइदिन्छ ।गर्भावस्थाको क्रममा निम्न कुरालाई ख्याल राखेर आफ्नो हुनेवाला शिशुलाई अपाङ्गताबाट बचाउन सक्छ ।
सबै जरुरी जाँच गराउनुहोस्
गर्भाधारण गर्न चाहनुहुन्छ भने ३ महिना पहिलेदेखि नै गर्भावस्थाको तयारी सुरु गर्नुपर्छ । तीन महिना पहिले सबै आवश्यक परिक्षण जस्तै थाइराइड, सिस्ट आदिको परिक्षण गराउनुहोस् ।
साथै गर्भावस्थाको ३ महिना पहिले नै महिलाहरुले फोलिक एसिडको सेवन गर्नुपर्छ । फोलिक एसिडको सेवनले बच्चा र आमामा रगतको कमी हुँदैन र यसको कारणले पछि कुनै समस्या हुँदैन ।
भाइरल संक्रमणबाट बच्नुहोस्
गर्भावस्थाको क्रममा आमा यस्ता मानिसहरुसँग टाढा हुनुपर्छ जसलाई भाइरल इन्फेक्सन भएको छ । यसै कारण चिकित्सकहरुले महिलाहरुलाई भिडभाड भएको ठाँउमा नजान भन्छन् ।
सार्वजनिक स्थानमा कैयौं खालको संक्रमणको चपेटामा आएमा यसको असर भ्रुणमा पर्छ ।
शान्त वातावरणमा रमाउनुहोस्
गर्भावस्थाको क्रममा महिलाहरुलाई धेरै होहल्ला भएको माहौलमा रहनु हुँदैन । यसले बच्चाको सुन्ने शक्ति कम हुन सक्छ । एक अध्ययनको रिपोर्टमा यो कुरा अगाडि आएको छ कि ध्वनी प्रदुषणले गर्भमा हुर्किरहेको बच्चाको श्रवणशक्ति प्रभावित हुन्छ ।
यस्ता बच्चाको बोल्ने क्षमतामा पनि असर पर्छ किनभने बच्चाले जबसम्म केही सुन्दैनन् उनीहरुको उच्चारण गर्ने क्षमता विकसित हुँदैन ।
मदिरा र धुम्रपानबाट टाढा बस्नुहोस्
यदि तपाईं गर्भवती हुनुहुन्छ भने स्वस्थ जीवनशैली अपनाउनु पर्ने हुन्छ । यदि तपाईंमा मदिरा सेवन वा धुम्रपान गर्ने बानी छ भने आजैदेखि छोडिदिनुहोस् । मदिराको पिउने लतले गर्भ तुहिन सक्छ वा भ्रुणको विकास रोकिन सक्छ ।
मदिराको कारणले बच्चाको व्यवहारमा पनि समस्या हुन सक्छ । यस बाहेक धुम्रपानको कारणले बच्चालाई कैयों समस्याहरु हुन सक्छन् जस्तै जन्मदेखि नै कम तौल हुनु यस बाहेक समयभन्दा पहिले बच्चा जन्मिन सक्मदिरा र धुम्रपानबाट टाढा बस्नुहोस्
कोल्ड ड्रिंक र प्याकेज्ड जुस नपिउनुहोस्
गर्भावस्थामा जुस पिउनु पाइदाजनक हुन्छ तर, फ्रेस जुसको सट्टा प्याकेज्ड जुस पिउनाका कैयौं खतरा पनि छन् । बाहिरका जुसमा ब्याक्टेरिया हुन सक्छन् । त्यस्तै कोल्ड ड्रिंकमा उच्च मात्रामा पि्रजर्भेटिभ्सको प्रयोग भएको हुन्छ ।
बाहिरको खाना नखानुहोस्
गर्भावस्थाको क्रममा शरीरमा हुने परिवर्तनको कारणले केही चटपटे खानेकुरा वा जिब्रोलाई स्वाद हुने खानेकुरा खान मन लाग्छ ।
तर, बच्चाको स्वास्थ्यको लागि तपाईंले आफ्नो जिब्रोलाई केही नियन्त्रणमा राख्नुपर्छ । खासगरि पिज्जा, बर्गर, स्टि्रट फुड, चटपटे, पानीपुरी आदिको सेवन नगरेकै राम्रो हुन्छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #अपाङ्ग बच्चा, #गर्भावस्था
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्