आफ्नो युवती भर्जिन हुन् कि होइनन् भनेर कसरी थाहा पाउने ? हेर्नुहोस उपायहरु

भनिन्छ, भर्जिन युवतीले पिसाब फेर्दा आवाजसहित सिधा छिर्का जान्छ भने विवाहित तथा यौनसम्पर्क राखेका युवतीमा त्यस्तो आवाज आउँदैन । के यसमा सत्यता छ ?
महिलाको नली आकारको प्रजनन अंग हो र बाहिरवाट देखिने प्वाललाई योनिद्वार भनिन्छ । यही योनिद्वारको ठीक भित्रपट्टि गुजमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ जसलाई योनिच्छद (Hymen) भनिन्छ । पहिले–पहिलेको जमानामा योनिमा भएको योनिच्छद यौनसम्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भंग भए– नभएको आधार बनाइन्थ्यो । यसको प्रमाणका लागि विवाहको पहिलो रात सेतो तन्नामा सुत्नुपर्ने चलन चलाइएको थियो ताकि रगतको दाग स्पष्ट देखियोस् ।
कौमार्यताको परीक्षण
। कुमारी केटीको पिसाब जहिले पनि निर्मल हुनुपर्ने र धमिलो हुन नहुने मानिन्छ । त्यसैगरी कुमारी केटीको स्तनको मुन्टो माथितिर फर्किएको हुनुपर्ने मान्यता छ । यद्यपि यी कुराको केटीको कौमार्यतासँग कुनै सम्बन्ध हुँदैन ।
कुनै–कुनै केटीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा यसको राम्रोसँग विकास नै नभएको हुनसक्छ भने यौनसम्पर्कबाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ । महिलाहरूमा योनिच्छद च्यातिने जस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा त अहिले आएर पक्का शारीरिक सम्बन्ध राखे–नराखेको भन्न सकिने स्थिति छैन ।
पिसाबको धारा र कुमारित्व
केटीको पिसाबको निर्मलता एउटा विधि भए पनि पिसाबको धाराको सन्दर्भमा पनि अनेक घारणा पाइन्छ । अक्षतयोनि केटीको पिसावको धारा बच्चाको जस्तै हुनुपर्ने मानिन्छ । विशेष गरेर केटाको सन्दर्भमा यौनसम्पर्कपश्चात केही वीर्य मूत्रनलीमा रहँदा पिसाबको धारा राम्रोसँग नआई छरिएर आउन सक्छ । केटीमा पनि यस्तै केही हुन्छ होला भन्ने सोचले यस्तो अवधारणा आएको हुनसक्छ ।
कुमारित्वको सामाजिक निगरानी
विचार गर्नुपर्ने कुरा के भने घर परिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि नियालिरहेको हुन्छ । आफ्नो कसैसँगको सामिप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुन सक्छन् । कसैले भयादोहन गर्न खोज्यो भने स्थिति कस्तो हुन्छ भनेर पनि विचार गर्नुपर्छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #युवती भर्जिन
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्