यि हुन विश्वका १० मुल्यवान फेशन ब्रान्ड

फेसन ब्रान्डहरुले उच्च क्वालिटीको कपडाहरु र फेसन सामग्रीहरु उत्पादन गरेर मानिसहरुलाई उपलब्ध गराँउछन् । यी धेरै नै विलासी कपडाहरुले त्यसलाई पहिरिने मानिसहरुमा आत्मविश्वास बढाँउछ र उनीहरुलाई परिस्कृत देखाउँछ ।
हुन त विश्वमा हजारौं फेसन ब्रान्डहरु छन तर ती धेरैजसो फेसन ब्रान्डहरु यो क्षेत्रका ठूला नामहरुको छाँयामा परेका छन् । यदि तपाई पनि विश्वका टप टेन फेसन ब्रान्डहरुको बारेमा थाहा पाउन चाहनुहुन्छ भन्ने आउनुहोस थाहा पाइराखौं कुन कुन छन् त विश्वका १० मुल्यवान र सफल फेसनब्रान्ड
१०. भर्साचे
जियान्न्ी भर्साचेले सन् १९७८ मा यो फेसन ब्रान्डको सुरुवात गरेका थिए र यो ब्रान्ड विश्वव्यापी रुपमा फैलनभन्दा पहिले इटालीमा धेरै नै लोकप्रिय भयो । यसको मेसुडा लोगोमा कपडा, घडी, सेन्टहरु देखि होम फर्निसिङका सामानहरु पनि उत्पादन गर्छ ।
८. कोच
यो फेसनब्रान्डको स्थापना सन् १९४१ मा न्युयोर्कको एउटा वर्कसपमा भएको थियो जसले बिलफोल्ड र वालेटहरु उत्पाद गथ्र्यो । यो कम्पनीले ब्यागहरु, फुटवेयर, आउटवेयर र अन्य धेरै फेसन सामग्रीहरु उत्पादन गर्छ ।
८. क्रिस्टियन डियर
क्रिस्टियन डियरको स्थापना सन् १९४७ मा डिजाइनर क्रिस्टियन डियरले पेरिसमा गरेका थिए । यो ब्रान्डले आफ्नो डेब्यु कलेक्सन् सोही वर्ष गरेको थियो । डायरले अहिले धेरै फेसन सामग्रीहरु उत्पादन गर्छ ।
७. अर्मानी
जर्जियो अर्मानीले यो कम्पनीको स्थापना सन् १९७५ मा गरेका थिए । यस कम्पनीले पुरुष र महिला दुवैको लागि उच्च गुणस्तरका कपडा, कस्मेटिक्स, चस्माहरु र छालाका सामग्रीहरु उत्पादन गर्छ । अर्मानीले दुवई र न्युयोर्कमा नाइटक्लब र बारहरु पनि सञ्चालन गर्छ ।
६. डोल्से एण्ड गब्बाना
फेसन डिजाइनरद्वय डोमेन्सियो डोल्से र स्टेफानो गब्बानाले सन् १९८५ मा स्थापना गरेको यसो कम्पनीले छोटो समयमै लोकप्रियता हासिल गर्यो । यसले डिजाइन युक्त स्विमिङ कस्ट्युमहरु, अन्डरवेयरहरु, विभिन्न खालका कपडाहरु र पफर््युमहरु उत्पादन गर्छ ।
५. प्राडा
सन् १९१३ मा फेसन डिजाइनर मारियो प्राडाले स्थापना गरेको यो ब्रान्डले सुरुमा लगेजहरु र लेदरको सामानहरुको उत्पादन गथ्र्यो हाल यो एक प्रभावशाली फेसन ब्रान्ड बनेको छ ।
४. च्यानेल
सुरुमा च्यानेलले कपडाहरु र अत्तरहरु उत्पादन गथ्र्यो विस्तारै त्यसको लोकप्रियतासँगै कम्पनीले सन् १९८० को दशकमा अन्य ज्वेलरी, स्किनकेयर र कस्मेटिक्सको क्षेत्रमा पनि हात हाल्यो र सफलता प्राप्त गर्यो ।
३. हम्र्स
व्यावसायी थियरी हम्र्सले सन् १८३७ मा स्थापनमा गरेको हम्र्सले धेरै नै लोकपिूयता हात पारेको छ । अहिले उसले कपडाहरु, घडी, ह्यान्डब्याल लगाएतका अन्य धेरै सामग्रीहरु उत्पादन गर्छ ।
२. गुची
यो ब्रान्ड सन् १९२१ मा इटालीमा सन् १९२१ मा एक लेदर सामान पाइने पसलको रुपमा स्थापना गरिएको थियो । पछि यसलाई रोम मिलान र फ्लोरेन्समा विस्तार गरियो । दोस्रो विश्वयुद्ध पछि यो ब्रान्ड विश्वव्यापी भयो र अहिले यस ब्रान्डको बारेमा थाहा नहुने मानिस सायद कमै होलान् ।
१. लुइज भुटोन
लुइज भुटोनले सन् १९५४ मा सुरु गरेको यो ब्रान्ड फेसनको दुनिँयामा यति धेरै लोकप्रिय भयो कि यसलाई विश्वकै सबैभन्दा सफल फेसन ब्रान्डको रुपमा लिइन्छ । भुटोनले कपडा, ज्वेलरी, चश्मा, घडी देखि किताबसम्म उत्पादन गर्छ जसको विश्वभरी ४ हजारभन्दा बढि एक्स्कुसिभ ब्रान्चहरु छन् ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #विश्वका १० मुल्यवान फेशन
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्