गाँजा खाने महिलामा यौन उत्तेजना दुई गुणा बढी

अमेरिकामा हालसालै गरिएको एक अध्ययनले एकतिहाइ महिला यौन सम्पर्कभन्दा अगाडि गाँजाको प्रयोग गर्ने देखाएको छ ।
गाँजा पिएपछि यौन सम्पर्क राख्दा बढी सन्तुष्टि महसूस भएको र यौनप्रति इच्छा अझै बढेको अध्ययनमा संलग्न महिलाहरुले बताएका थिए । त्यस्तै, यौन सम्पर्कको बेला बढी लुब्रिकेशन (तरलता) को महसूस हुनुका साथै पीडा पनि कम भएको उनीहरुको भनाइ थियो ।
यौन सम्पर्कभन्दा अगाडि मारिजुआना अर्थात् गाँजा पिउने महिलाले गाँजाको प्रयोग नगर्ने महिलाको तुलनामा दुई गुणा अर्गाजम (यौनसन्तुष्टि) प्राप्त गरेको बताएको भन्दै सेक्सुअल मेडिसिन नामक पत्रिकाले अध्ययन प्रतिवेदन प्रकाशित गरेको हो ।
अनुसन्धाताका अनुसार गाँजाले यौन स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा निकै कम अध्ययन भएका छन् । गाँजाले मस्तिष्कमा रहेको यान्नाबिनोइड रिसेप्टरमा असर पुर्याउँछ जुन यौनिक अवयवसँग सम्बन्धित छ ।
यो अध्ययनमा विशेषतः महिलाको यौनजीवनमा सन्तुष्टि, यौन उत्तेजना, चरमोत्कर्ष, तरलता, यौनसम्पर्कको बेला हुने पीडा आदिसँग गाँजाको कस्तो सम्बन्ध रहन्छ भनी खोजी गर्ने कोसिस गरिएको अनुसन्धाताको भनाइ छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #गाँजा खाने महिला
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्