मुटुलाई स्वस्थ राख्न खानुहोस यी ५ कुरा

शरीर सञ्चालन गर्ने महत्वपूर्ण अंग मुटुलाई स्वस्थ राख्न निकै आवश्यक छ । मुटुलाई स्वस्थ राख्न्को लागि हामीले दैनिक रुपमा खाने खानामा पनि ध्यान दिनुपर्छ । हामीले दैनिक रुपमा प्रयोग गर्ने मसला केवल स्वादको लागि मात्र नभई स्वास्थ्यको लागि पनि पोषक तत्वको रुपमा मानिन्छ । कतिपय मसलाका सामग्रीले हामीलाई स्वस्थ राख्न समेत मद्दत गर्दछ ।
यदि तपाइ आफ्नो मुटुको स्वास्थ्यलाई लिएर चिन्तित हुनुहुन्छ भने यि ५ मसलाको प्रयोग गर्न सक्नुहुनेछ, जसले तपाइको मुटुलाई स्वस्थ राख्दछ ।
१.लसुन
कोलस्ट्रोलको मात्रामा वृद्धि हुनु भनेको मुटुमा असर गर्ने खतराको सुचक हो । यदि तपाइ कोलस्ट्रोलको लेवललाई कन्ट्रोल गर्न चाहनुहुन्छ भने आफ्नो दैनिक खानामा लसुनलाई समावेश गर्नुहोस् । लसुनमा एलिसिन नामक एन्टी अक्सिडेन्ट गुण पाईन्छ जसले कोलस्ट्रोल र ब्लड प्रेशरलाई नियन्त्रण गर्दछ ।
२.बेसार
रोग प्रतिरोधात्मक क्षमताले भरपूर हुन्छ बेसार, जसले कोलस्ट्रोलको लेवललाई कम गर्दछ । यसको अलवा यसले मधुमेहबाट पनि बचाउँछ ।
३. मरिच
कालो मरिचले पनि मुटुलाई बचाउने काम गर्दछ । यसले मुटुलाई सुरक्षा दिने काम गर्दछ ।
४. दालचिनी
दालचिनी खाने गर्नाले शरीरमा रगतको फ्लोलाई निकै राम्रो बनाउने गर्दछ । मुटुसँग जोडिएको समस्याबाट बच्नको लागि दैनिक केही दालचिनीको टुक्रा सेवन गर्नु राम्रो मानिन्छ ।
५. धनिया
धनियाको बिउमा पनि रोग प्रतिरोधात्मक गुण हुन्छ । कोलस्ट्रोलको सन्तुलित गर्न, शरीरमा रगतको बहाव बढाउन धनियाको सेवन निकै राम्रो मानिन्छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #मुटुलाई स्वस्थ
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्