Techie IT
आईतबार, चैत्र २९,२०७७

कपाल झर्छ ? यसरी राेक्न सकिन्छ


  • तेललाई अलिकति तताएर पनि लगाउन सकिन्छ ताकि तेलले कपालको जरालाई राम्ररी अँठ्याउन सकोस । तेल लगाएर १५ मिनेटसम्म हल्का हातले मसाज गर्नुस ।
  • सेम्पुलाई सोझै कपालमा दल्नुको साटो त्यसलाई थोरै पानीमा मिसाएर पहिले डाइल्यूट गर्नु उपयुक्त हुन्छ । अत्यधिक सेम्पुको प्रयोगले पनि कपाल कमजोर भएर र्झन थाल्छ ।
  • कपाल धुनका लागि तातो पानीको प्रयोग सकभर नगर्नुस । कोठाको तापमान वा त्यसभन्दा अलिकति चिसो पानी प्रयोग गर्नु सबैभन्दा राम्रो मानिन्छ ।
  • हरियो पत्तेदार सागपात, किसमिस, अन्डा, ब्रोकाउली, दही, बदाम इत्यादिको सेवन गर्नुस ।
  • धेरै तनाव लिने व्यक्तिहरुको कपाल झर्नुका साथै चाँडै फुल्छ पनि । यसले कपालको वृद्धिमा पनि नकारात्मक असर पुर्‍याउँछ ।
  • चिसो कपालमा काइयोले नकाेर्नुहाेस्। कपाललाई हावामा सुक्न दिनुस र मोटो दाँत भएको काइयोले कोर्नुस ।
  • कपाललाई नियमितरुपमा ट्रिम गर्नाले कपालका टुप्पोलाई पुग्ने क्षति कम गर्न सकिन्छ ।
  • समय-समयमा कपाल छाँट्नुस् । हरेक प्रकृतिका कपालको ट्रिम गर्ने समयावधि अलग अलग हुन्छ । आमरुपमा चारदेखि ६ महिनामा कपाल ट्रिम गर्नुपर्छ ।

क्याटेगोरी : जीवनशैली
ट्याग : #कपाल झर्छ


तपाईको कमेन्ट लेख्नुहोस्