ओ हो, विवाह त होस् न यस्तो !

काठमाडौँ । दिउँसोको दुई बजे, सधैं साहित्यिक कार्यक्रम र साहित्यकारहरुको जमघटमा व्यस्त देखिने साँस्कृतिक संस्थान (नाचघर) मा भिन्नै खाले माहोल देखिन्थ्यो । नाचघरमा आउने पुरुषहरु सबै दौरासुरुवाल र कोर्टपाइन्टमा सजिएका देखिन्थे भने महिला रातो साडी र अविवाहित केटीहरु राम्रा राम्रा पहिरनमा सजिएका देखिन्थे ।
नाचघरको ठूलो हल (प्रेक्षालय हल) मा उनीहरुको बाग्लै उपस्थिति देखिन्थ्यो । एक हजारको क्षमता रहेको हलमा मान्छेको खचाखच भिड देखिन्थ्यो भने उनीहरु नअटाएर बीच बाटोमा समेत मेच राखिएको थियो । लगभग ४५ मिनेटको प्रतिक्षापछि विवाहको पोषाकमा सजिएकी एक दुलही र दौरासुरुवाल अनि कोटमा सजिएका दुलाहको अग्रभागमा उपस्थिति हुन्छ ।
मञ्चमा मञ्चमा संस्कृतिविद् सत्यमोहन जोशी, सर्वनाम थिएटरका प्रमुख अशेष मल्ल लगायत अन्य अतिथिहरुका साथै केही ब्राम्हणलाई पनि आमन्त्रण गरिन्छ । केही समयपछि उनीहरु स्वस्तीपाठ सुरु गर्छन् । पण्डितले उक्त दुलहीलाई दुलाहलाई बरमाला लगाइदिन आग्रह गर्छन् भने दुलाहलाई दुलहीलाई लगाइदिन । दुवैले एकअर्कालाई बरमाला लगाइदिइसकेपछि हलमा ताली बज्न थाल्छ ।
यो परिदृष्य अरु केही नभई कवि बलराम दाहाल र कवि भैरवी ‘भूगोल’ ढुङ्गानाको जनवादी विवाहको हो । नुवाकोट साहित्य समाजको एक विशेष कार्यक्रममा १३ वर्षअघि जमघट भएका उनीहरु आज आफ्नो कृति विमोचनसँगै विवाह बन्धनमा बाँधिएका हुन् । कवि ढुंगाना भन्छिन्, ‘त्यो भेटघाट आज विवाह बन्धनमा परिणत होला भनेर कल्पना पनि गरेको थिइनँ ।’ बिस्तारै एकअर्कालाई बुझ्दै गएपछि त्यो भेटले नै दुवैजनाको भेटघाट बाक्लिँदै गएको उनले बताइन् । पछि त्यो भेट नै बिस्तारै एकअर्काको मनमा प्रेमको भावनाको विजारोपण गरेको थियो ।
कवि दाहाल आफ्नो भाग्यमा लेखिएको कुरा केही गरे पनि नमेटिने बताउँछन् । नुवाकोटकी कवि ढुङ्गानाको कविता सङ्ग्रह ‘अस्वीकृत शालीनता’ र दोलखाका कवि दाहालको ‘भाडा नलाग्ने कोठा’ कविता सङ्ग्रह समेत विवाहको अवसरका लोकार्पण गरिएको थियो । दुई कृतिको लोकार्पण गर्नुहुँदै संस्कृतिविद तथा शताब्दीपुरुष सत्यमोहन जोशीले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई यस विवाहले सहयोग पु¥याएको बताए । उनले भने, “विवाहसँगै नयाँ कृतिलाई पनि लोकार्पण गरिनु साधारण कुरा होइन् ।” उनले दुई कृतिसँगै दुई आत्मा पनि जोडिएकोमा बधाई समेत दिन भ्याए ।
ढुङ्गानाको कृति अस्वीकृत शालीनतामाथि समालोचना गर्दै समालोचक शैलेन्द्रप्रकाश नेपालले कविको कविताले जीवनभरका लागि सम्भावनाको सङ्केत बोकेको बताउँछन् ।
साभार ः निशान न्यूज
क्याटेगोरी : जीवनशैली
ट्याग : #विवाह त होस् न यस्तो !
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्