महिलाहरूका लागि प्रेरणाकी पुञ्ज मेरी क्युरी

पोल्याण्डमा जन्मिएकी मेरी क्युरी (मान्या स्क्लोदोवस्का) दुईवटा नोबेल पुरस्कार प्राप्त गर्ने एक मात्रै महिला हुन् । उनले भौतिक तथा रसायन शास्त्रमा नोबेल पुरस्कार जितिन् ।
यती ठूलो सफलता प्राप्त गर्ने उनको जीवन कथा भने दुःख र संघर्षले भरिएको छ । जब उनी १६ वर्षकी थिइन् उनकी ममतामयी आमाको मृत्यु भयो । त्यसपछी उनका बाबुको व्यापार पनि टाट पल्टियो । उनले अनेक मुस्किलहरूको सामना गर्नुपर्यो । सौभाग्यवश उनको भेट पियरे क्युरीसँग भयो र दुवैले विहे गरे । सोरबनमा पि.एच.डी को अनुसन्धान गर्ने क्रममा उनले दुई नयाँ तत्व रेडियम पोलो नियम पत्ता लगाइन् । तर त्यती सजिलै होइन, यसका निम्ती उनीहरूले सबैथोक लगानि गरेर सामाग्री जुटाई झण्डै ३०० पटकको असफल प्रयोग पछी मात्र उनीहरूको प्रयोग सफल भयो । उनीहरूको प्रयोगशाला चुहिने छानामुनी खण्डहरमा थियो । उनले जीवनभर आफ्नो ज्यान जोखिममा राखेर प्रयोग गर्दै रहिन् । उनलाई विकिरणको प्रभाव ज्यादै नराम्रो हुन्छ भन्ने थाहा थियो । यसको बाबजुद आफ्नो गर्भावस्थामा पनि उनले विकिरणको खतराको बिचमा काम गरिरहिन् ।
पुरूषप्रधान समाजमा सफल हुनलाई महिलाले कैयौ बाधा र पूर्वाग्रहको सामना गर्नुपर्दछ । मेरी क्युरीले रेडियमलाई पत्ता लगाइन् तर महिलाले यस्तो खोज गर्न सक्छन भन्ने कुरा आम मानिसले विश्वास गर्दैनन् भन्ने उनलाई थाहा थियो । त्यसैले आफ्ना पतिको साथ नोवेल पुरस्कार बाड्नुपर्यो । त्यसपछी सोरबनमा उनका पतिलाई प्रोफेसर बनाइयो भने मेरीलाई उनको सहायक मात्र ।
सन् १९०६ मा उनको पतिको मृत्युपछि मेरीलाई पियेरेको पद त दिइयो तर प्रेफेसरको पुरै दर्जा भने दिइएन । उनलाई लेक्चरर र प्रयोगशालाको प्रमुख त बनाइयो तर विभाग प्रमुख बनाइएन । तर निरन्तरको संघर्ष पछि अन्ततः १९०८ मा उनलाई पुरै प्रोफेसर पदको नियुक्ति दिइयो । मेरी क्युरीको जीवन एक महान् जीवन थियो । उनको जस्तो मेहेनत, सहनशिलता र साहस भए मान्छेले धेरै कुरा गर्न सक्छ ।
उनी विश्वभरका महिलाहरूका लागि कहिल्यै ननिभ्ने प्रेरणाको तारा भएर चम्किरहिन् ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #मेरी क्युरी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्