Techie IT
शनिबार, मंसीर २०,२०७७

गीतकार डी.आर.को उपन्यास ‘तिलस्मी’ सार्वजनिक


काठमाडौं । गीतकार डी.आर. उपन्यास लिएर बजारमा आएका छन् । उनले उपन्यास ‘तिलस्मी’ सार्वजनिक गरेका छन् ।

हालै काठमाडौंमा आयोजित एक समारोहमा उनको ‘तिलस्मी’ प्राध्यापक डाक्टर सुरेन्द्र केसी, समालोचक महेश पौडेल, डा. विष्णु प्रसाईं, डा. विन्दु शर्मा, पुस्तकका प्रकाशक शिखा बुक्सका पुष्पराज पौडेल र उपन्यासकार डी.आर.ले उपन्यासको संयुक्त रुपमा विमोचन गरे ।

३३४ पृष्ठको उपन्यास सन्देशमूलक र सकारात्मक सोचलाई उजागर गर्ने उदेश्यले  सिर्जना गरिएको उपन्यासकार डी.आर.ले बताए ।

उपन्यासमा सम्भ्रान्त र अति विपन्न वर्ग बीचको कथा समेटिएको छ । शिखा बुक्सले बजारमा ल्याएको उपन्यासमा वर्गीय खाडल, जातीय विभेद र त्यस विरुद्धको विद्रोहको भावना अभिब्यक्त गरिएको छ ।

 


क्याटेगोरी : जीवनशैली
ट्याग : #तिलस्मी’ सार्वजनिक


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545