समाजसेवी सुमित्राले मनाइन असहायसङ्गै जन्मदिन

मानसिक समस्याबाट प्रभावित तथा असहाय महिला तथा बालबालिकाहरुसङ्ग समाजसेवी सुमित्रा थापाले जन्मदिन मनाउनुभएको छ ।

नेकपा निकट युवा संघ नेपालकी नेतृ तथा महिलाहरुको आवाज नामक सामाजिक सस्थाको अध्यक्ष समेत रहनुभएकी समाजसेवी सुमित्रा थापाले ललितपुर कुसुन्तीस्थित नेपाल स्नेही काखको आश्रममा रहेका २९ महिला तथा ७ बालबालिकासङ्ग सङ्गै खाजा खाने तथा लत्ता कपडा बितरण र खाध्य सामग्री बितरण गरेर जन्मदिन मनाउनुभएको हो ।

थापाले बिगत बर्षजस्तै जन्मदिनमा साथीभाइसङ्ग जमघट गरेर खाजापानीमा हुने खर्च कटाएर असहायहरुलाइ सहयोग गरेको बताउनुभएको छ । आफ्नो जन्मदिन सामाजिक कार्य गरेर मनाउनु भएको छ । थापाले जन्मदिनको अवसरमा अनाथ असहायसङ्ग सङै बसेर दुख सुखका कुरा सुन्दा र उनीहरु रमाउदा आफ्नो मनमा बेग्लै आनन्द आएको बताउनुभयो ।
थापाले आश्रममा बसेका महिला तथा बालबालिकाहरुलाइ खाध्य सामग्री, लत्ता कपडा र नगद सहयोग गर्नुभएको छ ।

थापाले सस्थाकी अध्यक्ष नेहा पोखरेललाइ सामग्री हस्तान्तरण गर्दै असहाय बालबालिका तथा महिलाहरुको सानो खुशीको लागि जन्मदिन मनाउन आएको बताउनुभयो । सस्थाकी अध्यक्ष पोखरेलले जन्मदिनको दिन समय दिएकोमा धन्यवाद दिनुभयो । बालबालिका तथा महिलाहरुले थापा तथा साथीहरुसङ्ग नाचगान गरी रमाइलो गर्नुभएको छ ।
आम युवाजस्तै रमाइलो गरेर हिड्ने र निजी करियर बनाउने बेला राज्यले गर्नुपर्ने काममा आफ्नो सम्पूर्ण ध्यान लगाएको देख्दा आफू प्रभावित भएर सकेको सहयोग गर्न मन भएकोले जन्मदिनमा स्नेही काखमा आएको थापाले बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित स्नेही काखका सचिब केशब रिजालले विभिन्न ब्यक्तिको सहयोग र आफुहरुको ब्यक्तिगत पहलमा रकम जुटाएर सडकमा बेवारिसे अवस्थामा फेला परेका र जोखिममा परेका महिला तथा वालवालिकाको उद्धार गरि सरक्षण गरिएको बताउनुभयो ।

क्याटेगोरी : जीवनशैली
ट्याग : #सुमित्रा
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्