हेर्नुहोस् आज तपाइँको राशीफल

काठमाडौं । आजको पात्रोः २९ चैत २०७८ मंगलबार । तद्नुसार अप्रिल महिनाको १२ तारिक २०२२ । चैतशुक्लपक्ष एकादशी तिथि, बणिज करण, शुक्ल योग, अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा रहेको छ ।
आज विहान सूर्योदय ५ः४३ मा हुनेछ भने सूर्यास्त ६ः२६ मा हुनेछ । विहान ११ः४० देखि १२ः३० सम्म अभिजित मुहूर्त रहेको छ । आजको देवता नाग र ग्रहदेव बृहस्पति रहेको छ । राहुकाल भएको समयमा शुभकार्य गर्न हुँदैन भने अभिजित मुहूर्तको समयमा शुभकार्यका लागि अति शुभ मानिन्छ ।
आज मंगलबार श्री गणेश र हुनमानको आरधना गर्ने दिन हो । शक्ति, भक्ति र सनातनधर्ममा सबैभन्दा पूजित देवता गणेश हुन । मंगलबारको दिन शुरु गरेको काम मंगल नैं हुन्छ भन्ने सामाजिक मान्यता रहेको छ ।
यस्ताे छ आजको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशि भएका जातकका लागि मंगलवारको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने भएपनि आर्थिक व्याय र हानी हुने देखिन्छ । आजको दिन तपाईले बजारमा सामान खरिद नगर्दा हुन्छ । विहान सूर्य नारायणको दर्शन गर्नहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउने छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच, र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ । मौन बसेर काम गर्दा हुन्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन मिथुन राशिका जातकहरुले आफ्नो सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ । विगतमा रोकिएका र अप्ठारा कामहरु समेत समाधान हुँदैन जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । मनमा चिन्ता र भय छ भने त्यो हटदै जानेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
तपाईको लागि आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति राग राख्ने मित्रहरु समेत तपाईलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । कसैलाई दिनुभएको धन फिर्ता हुनेछ । चन्द्रमाको साथ दिएको छ । विहानको सूर्योदयको दर्शन गर्नुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । मौन र आफनो काममा मात्र ध्यान दिनुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
तपाईको दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आज विहानै सूर्योदयको दर्शन गर्नुहोला । आज तपाईले गरेका कामहरु सफल हुनेछ । विहान गणेशको ध्यान र पूजा वा गणेश मन्दिर यात्राले मनमा प्रसन्नता छाउने छ । कसैसँग पनि बैरभाव नराखीकन काम गर्नु उत्तम हुनेछ । साताको सबैभन्दा महत्वपूर्ण र राम्रो दिन मानेर कार्य गर्नुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
ब्यापार ब्याबसायबाट लाभप्राप्त हुनेछ । स्त्रीजतिको साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा सन्तानलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
तपाईले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। कसैसँग पनि भैरभाव नराख्नुहोला ।
मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्यबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग यात्रा गर्नुहोला । मंगलवारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा परिवारका सदस्यलाई दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार ब्यबसायबाट नसोचेको फाइदा मिल्नेछ । सिर्जनात्मक काममा लागिरहनु उत्तम हुनेछ ।
क्याटेगोरी : जीवनशैली, स्थानीय
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्