Techie IT
सोमबार, असोज १५,२०८०

७० वर्षीया वृद्धा १२ दिनदेखि बेपत्ता


झापा । मेचीनगर नगरपालिका–६ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता भएकी छन् । आमा बेपत्ता भएको १२ दिन बितिसक्दा समेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन् ।

परिवारका सदस्यले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर आमाको खोजीमा प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका हुन् । विसं २०७८ फागुन २९ गते घरबाट हिँडेकी लीलामाया हालसम्म नफर्किएपछि परिवार र आफन्त उहाँको खोजीमा दिनरात भौँतारिरहेका छन् ।

उनी ठूली छोरीकामा जान्छु भनेर घरबाट हिँडे पनि भोलिपल्टसम्म नपुगेपछि चौतर्फी खोजी गर्दासमेत फेला पार्न नसकेको उनका छोरा प्रेमकुमार कार्कीले बताए ।


क्याटेगोरी : जीवनशैली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
21°
Rain
5:56 am5:49 pm +0545