Techie IT
बिहीबार, असोज २०,२०७९

सपनामा के देख्दा धन तथा पद प्राप्त हुन्छ ?


प्राय मानिसलाई सपना याद हुँदैन । बिहानीपख देखिएको सपना प्राय मानिसलाई याद हुन्छ भने त्यो समयमा देखिएको सपनाले भविष्यमा राम्रो फल दिन्छ । केहि यस्ता सपनाहरु छन् जुन तपाईले देख्नुभयो भने भविष्यमा धन तथा पद प्राप्ती हुनेछ ।

-अर्काले दान दिएको छाता ओढी,जुत्ता लगाई प्रस्थान गरेमा लामो दूरीको यात्रा हुनेछ ।

-सपनामा तरबार देखेमा शत्रु नास हुनेछन् ।

-सपनामा सरदार भएर सेनापछि लगाई हिडेको देखेमा सेनामा जागिर पाउनेछ ।

-फलफुल लागेको वृक्ष देखेमा धन प्राप्त हुनेछ ।

-सर्पले टोके अकस्मान धन प्राप्त हुनेछ ।

-सूर्य चन्द्र देखेमा ठुलो रोगबाट मुक्ति पाइनेछ ।

-सपनामा जेल परेको देखे पद प्रतिष्ठा पाईने र उत्तम छोरो हुनेछ ।

-जुका, सर्प, बिच्छि देखेमा धन, पुत्र, विजय, प्रतिष्ठा पाइनेछ ।

-दाह्रा भएको सुँगुर, सीङ भएको जनवार, बादर आदिले कष्ट दिएको देखेमा धन तथा पद पाइनेछ ।

-माछा, मासु, मोती शंख, श्रीखण्ड, हीरा सपनामा देीखए धन तथा सम्पत्ति प्राप्त हुनेछ ।

-रक्सी, रगत, सुवर्ण र बिष्ठा देखेमा धन प्राप्त हुनेछ ।

-देव प्रतिमा वा शिवलिङग् देखेमा धन तथा प्रतिस्पर्धामा विजय हुनेछ ।

-सपनामा वेलको वृक्ष फले फुलेको,आमको वृक्ष देखेमा अकस्मात धन प्राप्ती हुनेछ ।

-बलेको आगो देखेमा धन, बल, बुद्धि, ऐष्वर्य प्राप्त हुनेछ ।

-अमलाको दाना, लप्सी, रातो कमल–पुष्प देखेमा धन प्राप्त हुनेछ ।

-सपनामा सेतो वस्त्र तथा सेतो माला पहिरेकी महिलाले अंकमाल गरेको देखेमा लक्ष्मी प्राप्त भई सुख शान्ति मिल्दछ ।

-पहेंलो माला,पहेंलो वस्त्र, गहना, चन्दन लगाएकी महिलाले अंकमाल गरेको देखेमा सबैतर्फ कल्याण हुनेछ ।

-खरानी, हाड बाहेक अरु सेतो वस्तु सपनामा देखेमा उत्तम फल प्राप्त हुनेछ ।

-सपनामा लुगा, गहना लगाएकी नारी हाँस्दै घरमा पसेको देखेमा चिताएको वस्तु प्राप्त हुनेछ ।

-सपनामा ब्राहणले आशिर्वाद दिएको देखेमा पद तथा सम्मान पाइनेछ ।

-सपनामा सुरभी (गाई) पाएको देखेमा भुमि र पतिव्रता नारी पाइनेछ ।

-हात्तीले सुँढले आफ्नो मस्तकमा राखेको देखेमा पद पाइनेछ ।

-सपनामा प्रशन्न भएका ब्राहणले अंकमाल गरे विपनामा तीर्थ स्नान र धन प्राप्ती हुनेछ ।

-पुन्यात्मा व्यक्तिलाई ब्राहणले फूल दिएको देखेमा प्रतिस्पर्धामा विजय, धन तथा तीर्थ स्नान हुनेछ ।

-उत्तम गहना, राम्रा वस्त्र पहिरेकी नारी हातमा पाथी लिएर आफ्नो घरमा प्रवेश गरेको देखेमा बिपनामा धन सम्पत्ति पाइनेछ ।

-सपनामा राम्री नारी आएर घरमा दिसा पिसाव गरेको देखेमा अकस्मात धन वृद्धि हुनेछ ।

-सपनामा गोरोचन, बेसार, उखु, घिउ पाएको देखेमा सुख तथा धन प्राप्ती हुनेछ ।

-सपनामा मान्यजनले छाता ओढाईदिए वा सेतो फूलको माला लगाईदिए पद पाइनेमा शंका छैन ।

-मान्यजनले सफा पात्रमा राखी दुध, दही दिए पद प्राप्ती हुनेछ ।

-मनुष्यको तथा पंक्षीको मासु जसले सपनामा देख्ला त्यस व्यक्तिले शुभ समाचार सुन्ला तथा ईच्छा गरेको उत्तम फल प्राप्त गर्नेछ ।

ज्यो. दुर्गा भण्डारी ।


क्याटेगोरी : जीवनशैली
ट्याग : #सपना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
19°
Light Rain with Thunder
5:58 am5:44 pm +0545