चिनियाँ जनताप्रती नेपाल चीन प्रतिष्ठानको सद्भाव

काठमाडौं, नेपाल चीन प्रतिष्ठानले छिमेकी राष्ट्र चीनमा विगत केही सातादेखि चलिरहेको कोरोना भाइरसबिरुद्ध दुष्प्रचार हुँदै आएको धारणा सार्वजनिक गरेको छ । प्रतिष्ठानले यस्ता कार्य निन्दनिय रहेको पनि जनाएको छ ।
साथै, प्रतिस्ठानले कोरोना भाइरसबिरुद्को अभियानमा आफ्नो ऐक्यबद्द्ता जनाउदै सद्भाव समेत प्रकट गरेको छ । उक्त मैत्री संस्थाले आईतबार एक लिखित एबम श्रब्य दृश्ययुक्त प्रेस विज्ञप्ती जारी गर्दै सद्भाव प्रकट गरेको हो । राजधानीमा तत्काल उपस्थित आफ्ना सदस्यका साथ अध्यक्ष मेल्सम ओझाद्वारा जारी बिज्ञप्तिमा चिनियाँ जनताले वसन्त चाडको स्वागत गर्न तयारी गर्दै गर्दा भोग्नुपरेको बिषम परिस्थितीको अग्रिम मोर्चामा रहेर सामना गरिरहेका बैज्ञानीक, डाक्टर, नर्स, किसान र मजदुरहरुलाई धन्यवाद ब्यक्त गरिएको छ ।
साथै, चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारले लिएको भार्इरस बिरुद्दको नितिलाइ पुर्ण समर्थन गरेको उल्लेख गरेको छ । कार्यक्रममा सदस्यहरु रमेश कुमार भट्टराई , शिव पौडेल, प्रजित राज पराजुली, निराजन तिवारी, अनामिका कार्की, सुमन कोइराला र आशिस कोखालीको उपस्थिती रहेको थियो । प्रतिष्ठानले चीन सरकारले नेपाली जनता र बिद्यार्थीको सुरक्षामा देखाएको जिम्मेवारीबोध प्रती हार्दिक कृतज्ञता समेत प्रकट गरेको छ ।
नेपाल चीन प्रतिष्ठानले आफ्ना सदस्यलाई भार्इरस सम्बन्धी समाचारका लागि चिनियाँ आधिकारिक सुचना स्रोत हेर्न , पढ्न र सत्य थाहा पाउन आफ्नो सामाजिक सन्जालमार्फत आव्हान समेत गरेको छ । वित्रप्तिमा समयक्रममा भयावह स्थिती आउने गरेको तर चीनले आकस्मिक रुपमा समाधानको बाटो पहिल्याउदै अघि बढ्ने गरेको भन्दै जस्तो सुकै बिषम परिस्थितीको सामना गर्दै अघि बढ्ने सवालमा चीनले हासिल गर्दै आएको चमत्कारिक उपलब्धीको प्रशंसा समेत गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #प्रतिष्ठानको सद्भाव
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्