सिरियामा ३ लाख ३० हजार घर छोड्न वाध्य

एजेन्सी । संयुक्त राष्टसंघीय मानवअधिकार आयोगकी प्रमुख मिशेल बेचलेटका अनुसार पछिल्ला दश दिनमा सिरियामा एक सय जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा २६ जना बालबालिका रहेका छन् । उनका अनुसार सिरिया र रुसी सेनाको संयुक्त हवाई आक्रमणको निशानामा अस्पताल, स्कुल र बजार क्षेत्र परेका छन् । बेचलेटका अनुसार सिरिया र रुसी सेनाको यति ठूलो आक्रमण र नरसंहारको बारेमा विश्व चुप छ ।

विगत आठ वर्षदेखि सिरियाको इदलिव शहरका अलावा उत्तरी हमा र पश्चिमी अलेपो विद्रोहीको गढ शहरको रुपमा चिनिने गरिन्छ । तिनै शहरहरु आक्रमणको निशानामा परेका छन् तर अघिल्लो वर्ष सेप्टेम्बरमा रुस र टर्कीको नेतृत्वमा भएको शान्ति सम्झौतापछि यस क्षेत्रमा बमबाढी नगर्ने सहमति भएको थियो । यो सम्झौता पछि २७ लाख जनाले हवाई हमलाबाट मुक्ति पाएका थिए । तर पछिल्लो हप्ता संयुक्त राष्टसंघले भनेको छ, ‘अप्रिल महिनायता सिरियामा ३५० जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै ३ लाख ३० हजार सिरियालीहरु घर छोड्न वाध्य भएका छन् । त्यसमध्ये पछिल्ला १० दिनमा त्यहाँ १०३ जनाको मृत्यु भइसकेको छ ।’ त्यसमध्ये २६ जना बालबालिका त्यसको निशानामा परेका छन् । स्थिति थप भयावह हुँदै गइरहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्