केन्यामा २०० भन्दा बढीले गरे सामूहिक ‘आत्महत्या’

एजेन्सी- केन्याको क्रिस्चियन डूम्सडे कल्ट (प्रलयको दिनमा विश्वास राख्ने सम्प्रदाय) मा सामूहिक ‘आत्महत्या’ को मामिलामा मृत्यु हुनेको आँकडा २०० पार भएको छ । प्रहरीले हालसम्म २०१ को शव निकालेको छ ।
जहाँ यो घटना भयो, त्यहाँ ६०० भन्दा बढी हराइरहेको बताइएको छ । यस सम्प्रदायसँग सम्बद्ध व्यक्तिहरूका अनुसार सबैभन्दा पहिला बालबालिकालाई भोक भोकै मारिएको छ । शनिवार प्रहरीले थप २२ शव बरामद गरेको छ ।
पत्रकारहरूसँग कुरा गर्दै स्थानीय आयुक्त रोडाह ओन्यान्चाले भने, ‘हाम्रो फरेन्सिक टोलीले आज २२ वटा शव निकालेको छ तर हामीले कसैलाई पनि जीवित फेला पारेका छैनौँ ।’
केन्याको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित शाकाहोला जङ्गलमा सामूहिक आत्महत्याको यो घटना भएको हो । प्रहरीले अहिले पनि यहाँ खोजी कार्य जारी राखेको छ ।
यस सम्प्रदायसँग सम्बन्धित एक डेपुटी पास्टरले लन्डनको टाइम्स पत्रिकालाई यो सामूहिक आत्महत्याको धेरै चरणहरूमा योजना बनाएको बताएका छन् । यी पास्टरले अहिले प्रहरी अनुसन्धानमा सहयोग गरिरहेका छन् ।
पास्टरका अनुसार सबैभन्दा पहिला बालबालिकालाई भोको राखेर मारियो । त्यसपछि महिलाले आत्महत्या गरे अनि पुरुषले ज्यान दिए । अन्त्यमा सम्प्रदायका नेता पास्टर पल म्याकेन्जीको परिवारले आत्महत्या गरे ।
पल म्याकेन्जी हाल प्रहरीको हिरासतमा छन् । प्रहरीले केही शवका पोस्टमार्टम गरेको छ । मारिएका मानिसमा भोक, सास फेर्न नसकेको र कुटिएको सङ्केत भेटिएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #केन्यामा २०० भन्दा बढीले गरे सामूहिक ‘आत्महत्या’
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्