Techie IT
सोमबार, असोज १५,२०८०

परराष्ट्रमन्त्री र युएसएआईडी प्रमुख सामन्था पावर भेट


काठमाडौं माघ २४ ।अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का प्रशासक सामन्था पावरले आज परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ ।
आज मन्त्रालयमा भएको भेटका अवसरमा नेपाल अमेरिकाबीचको अभिरुचीका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटवार्तामा एमसीसी कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकका रुपमा स्तरउन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतका विषयमा छलफल भएको हो ।
यस अवसरमा परराष्ट्र मन्त्री पौड्यालले अ‍ेमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

 

भेटवार्तमा पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिबद्धता जाहेर गर्नुभयो ।
समान्था पावरले युएसएआइडीकी १९औँ प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गर्नुभएको हो ।

उहाँले विश्वका अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आउनुभएको छ ।

 

पावर सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र सङ्घका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत हुनुहुन्थ्यो ।

प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #बिमला राई पौड्याल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Rain
5:56 am5:49 pm +0545