मोहम्मद जैनुल अब्दिन को अध्यक्षतामा अन्तर्राष्ट्रिय मुस्लिम समाज साउदी अरबको स्थापना

। रम्जान दिन मियाँ,साउदी अरबमा ५ जनवरी २०१९ गत ४ जनवरी २०१९ शुक्रबार का दिन साउदी अरब स्थित मुस्लिम समुदायले रियाद बथाह पारागन होटलमा एक कार्यक्रम गरि मोहम्मद जैनुल अब्दिन को अध्यक्षतामा २५ सदस्यीय समितिको गठन गर्दै अन्तर्राष्ट्रिय मुस्लिम समाज साउदी अरबको स्थापना गरेको छ । सबैमाझ चिरपरिचित, समाजसेवी, सकृय समाजिक अभियन्ता तथा साउदी अरबका सफल ब्यबसायी राजु सैय्यद ज्युको संरक्षकत्व मा २५ सदस्यीय समिति गठन भएको छ ।
समितीमा अध्यक्षमा मोहम्मद जैनुल अब्दिन, वरिष्ठ उपाध्यक्षमा चाँद मोहम्मद, उपाध्यक्षहरुमा मुस्ताक मदनी , इब्राहिम शर्मा, (जेद्दा, मदिना बाट पछि थपिने छ ) महासचिबमा रम्जान दिन मियाँ, सचिबमा रफि मियाँ, कोषाध्यक्षमा इख्लाक आलम , सह -कोषाध्यक्षमा नुरुल जमा अन्सारी, युवा संयोजकमा एह्सानुल्लाह मियाँ, प्रबक्तामा सलमान जिरेल, सदस्यहरूमा इब्राहिम मियाँ, मोहम्मद अब्दुल, मोहम्मद फिरोज, इसा राइन, सहिद दिन मियाँ, अयुब खान, फिरोज राइन, हरु निर्वाचित भएका छन भने र बाँकी सदस्य हरु बाँकी क्षेत्रहरू मक्का,मदिना, तबुक,र हाइल बाट पुर्ण गरिने छ ।
यसका साथ साथै सल्लाहकार परिषदमा प्रमुख सल्लाहकारमा यास्मिन बेगम , वरिष्ठ सल्लाहकारमा सेख जमिर अब्बास मदनी, सल्लाहकारहरुमा अमानुल्लाह मन्सुर, अब्रार अहमद, सेख जुबेर, मोहम्मद अब्बास, नेक मोहम्मद, सेख मुजिबुर रहमान, सेख सनउल्लाह, इस्माइल राना मगर, अहमद भन्डारी, सेख सलिम, मनोनीत हुनु भएको छ । राजु सैय्यद को सभापतित्वमा भएको उक्त कार्यक्रममा अमानुल्लाह मन्सुरले प्रमुख अतिथिको, र सेख अब्दुर रहिम मदनी,सेख मुस्ताक मदनी, निसारुल हक,सेख नेक महम्मद, सेख जमिर अब्बास मदनी ज्यु हरुले अतिथिको आशन ग्रहण गर्नु भएको थियो भने रम्जान दिन मियाँ ले कार्यक्रम संचालन गरेका थिए।
कुरानको पाठ तथा राष्ट्रिय गान बाट सुरु भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रहरू(दम्माम,खोबर,जुबेल,अल कासिम, रियाद) बाट उपस्थिति रहेको र रफि मियाँले स्वागत मन्तव्य दिएका र नव निर्वाचित अध्यक्ष मोहम्मद जैनुल अब्दिन द्वारा नव निर्वाचित पदाधिकारीहरुलाइ बधाई दिदै संस्थाका उद्देश्य हरुको बृस्तित जानकारी गराउदै यो संस्थालाइ सफलता गराउन साउदीमा छरिएर रहेका सम्पुर्ण नेपाली मुस्लिम दाजुभाइ एकजुट भएर लाग्न र सहयोग गर्न पनि अनुरोध गर्नु भयो ।
कार्यक्रममा नुरुल जमा अन्सारी, सल्मान जिरेल, इब्राहिम शर्मा, तथा अतिथिहरु मुस्ताक मदनी, अब्दुर रहिम मदनी, नेक महम्मद, जमिर अब्बास मदनी, तथा प्रमुख अतिथि अमानुल्लाह मनसुर ज्यु हरु द्वारा मन्तव्य दिदै हाम्रो लागि यो संस्था अतिनै महत्त्वपूर्ण रहेको र यसको स्थापना ले सबैमा खुशी छाएको, विभिन्न भुभागमा रहनु हुने मुस्लिम बर्ग इखलास का साथ एकताबद्ध हुनु जरुरी रहेकोले यो संस्थाले सबै मुस्लिम बर्गलाइ एकताको डोरिमा बाध्ने र नेपालको बिकासमा तथा आफ्ना हक अधिकारलाई सुरक्षीत गर्न मद्धत गर्ने बिश्वास का साथ संस्थालाई उच्च बिन्दुमा पुर्याउन सकेको सहयोग गर्ने बक्तब्य जाहेर गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा सभापति राजु सैय्यद ज्यु ले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद र नव निर्वाचित सम्पुर्णलाई बधाई तथा सफलताको शुभकामना दिदै संस्थालाई कुनै फिर्काबाट टाढा रहेर विवादित रहित बनाइ सबैजना एकजुट हुने र संस्थाको उद्देश्यअनुसार संस्थालाई गगनचुमी बिन्दुमा पुर्याउन साथ सहयोग गर्नका लागि सबैमा अनुरोध गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो। कार्यक्रममा नव निर्वाचित सम्पुर्ण पदाधिकारीलाई सभापतिद्वारा सपत ग्रहण गराइएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #अन्तर्राष्ट्रिय मुस्लिम समाज
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्