मुसर्रफविरुद्धको राजद्रोहको मुद्दा ब्युताइने

पाकिस्तानी एक विशेष अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति जनरल प्रवेज मुशर्रफविरुद्धको राजद्रोह मुद्दालाई यही अगस्ट २० पछि पुनः सुनुवाई गर्ने भएको छ ।
लाहोर उच्च अदालतका प्रधान न्यायाधीश यवार अली, बलोचिस्तान उच्च अदालतका न्यायाधीश ताहिरा सरदार र सिन्ध उच्च अदालतका न्यायाधीश नजार अकबरले उक्त मुद्दालाई हेर्ने बताइएको छ ।
पाकिस्तानी मुस्लिम लिग–नवाज (पिएमएल–एन) को सरकारले सन् २०१३ मा दर्ता गराएको मुद्दामा मुशर्रफलाई सन् २००७ मा संकटकालको घोषणा गर्दा अवैध रूपमा सेनाको सहयोगमा देशको संविधानलाई निलम्वन गरेको आरोप लगाइएको छ ।
मुशुर्रफको नाम देश बाहिर भ्रमण गर्न नपाउने सूचीबाट हटेपछि स्वास्थ्यको कारण देखाउँदै उहाँ दुबई प्रस्थान गरेपछि उक्त मुद्दा सन् २०१६ देखि विचाराधीन अवस्थामा रहँदै आएको थियो ।
मुशर्रफको अनुपस्थितिमा उक्त मुद्दा प्रक्रियालाई अघि बढाउन नसकिएको हो । विशेष अदालतले मुशर्रफलाई दोषी घोषणा गरेको र उहाँको सम्पत्ति जफत गर्न भनिएको भएपनि अदालती कानूनी प्रक्रिया नपुगेको भन्दै अभियोग लगाइएको भने थिएन ।
मुशर्रफलाई पाकिस्तान फर्कने अन्तिम पटक मौका दिइएपनि उहाँ स्वदेश नआएकाले न्यायालयद्वारा उहाँको राष्ट्रिय परिचय पत्र र राहदानीलाई निषेध गर्न आग्रह गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #प्रवेज मुशर्रफ
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्